बुटवल २३ असौज
पाल्पा रिब्दीकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजद्धारा सामाजिक अभियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन गरेको छ ।
समाजले स्थापना काल देखि नै हरेक वर्ष आयोजना गदै आएको रक्तदान कार्यक्रमलाई कोरोना माहामारीले गर्दा असहज परिस्थितीमा पनि सामाजिक दुरी कायम गरि कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तुल्सी प्रसाद पराजुलीले बताउनु भयो ।
नेपालीहरुको महान चाड विजया दशमीको शुभ अवसर पारेर समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गर्नु भएको समाजका महासचिव युवराज पराजुलीले बताउनु भयो ।
