बुटवल २३ असोज
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
शुक्रवार बिहान बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा नतिजा कोरोना पोजेटिभ आएको केसीका स्वकीय सचिव पवन कुमार कुंवरले बताउनु भयो ।
रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि उहाँको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसिआर परिक्षण गरिएको थियोे ।
मन्त्री केसी अहिले मन्त्रालयको निवाषमै होम आइसोलेसनमा रहनु भएको छ ।
मन्त्री केसीलाई रुघाखोकी बाहेक अन्य कुनै लक्षण नदेखिएको स्वकीय सचिव कुवरले बताउनु भयो ।