कपिलवस्तु २२ असोज
कपिलवस्तु जिल्ला अदालतको असुल हुन बाँकी लगत विवरण अनुसार कुटपिट लुटपिट मुद्धाका २१ जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालले पक्राउ गरि अदालत चलान गरेको छ ।
कुटपिट लुटपिट मुद्धाका जिल्ला कपिलवस्तु शुद्धोधन गापा वडा नं.५ बस्ने बर्ष ४० को राजेश यादव, बर्ष ३७ को जोखन प्रसाद यादव, बर्ष ४१ को ऋषिराम यादव, बर्ष ५२ श्यामनारायण यादव, बर्ष ३०को पशुपति यादव, बर्ष ३२ को छोटु भन्ने सत्यनारायण यादव, बर्ष ६५ बिनोद यादव, बर्ष ३५ को भागिरथि यादव, बर्ष ४० को अर्जुन यादव, बर्ष ३२ को बृजभान यादव गरी १० जनालाई प्रहरीले पक्राउ गरि अदालत पेस गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
त्यस्तै कुटपिट मुद्धाका शुद्धोधन गापा.वडा नं.५ बस्ने बर्ष ५० को रामनरेश यादव, बर्ष ४० को राजेश यादव, बर्ष ३७ को जोखन प्रसाद यादव, बर्ष ४१ को ऋषिराम यादव, बर्ष ५२ श्यामनारायण यादव, बर्ष बर्ष ३०को पशुपति यादव, बर्ष ३२ को छोटु भन्ने सत्यनारायण यादव, बर्ष ६५ बिनोद यादव, बर्ष ३५ को भागिरथि यादव, बर्ष ४० को अर्जुन यादव, बर्ष ३२ को बृजभान यादव सहित ११ जनालाई पनि पक्राउ गरि जिल्ला अदालत तौलिहवा कपिलबस्तु चलान गरेको प्रहरी प्रवक्ता भण्डारीले बताउनु भयो ।
