वितेको आ वमा सवा करोड युनिट विद्युत खपतमा बुद्धि
बुटवल २२ असोज
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रले थप ११६ वटा नयाँ टान्सफर्मर जडान गरि चुहावट नियन्त्रण प्रभावकार र भोल्टेजको समस्यालाई कम गरेको जनाएको छ ।
केन्द्रले आर्थिक वर्ष २०७५।७६मा १८ दशमलव ८४ प्रतिशत विद्युतको क्युमुलेटिभ लस रहेकोमा आर्थिक वर्ष ०७६। ७७ मा उक्त क्युमुलेटिभ लसलाई ४ दशमलव ६७ प्रतिशतमा झान सफल भएको दावि गरेको छ ।
केन्द्रले वार्षिक १४ दशमलव १७ प्रतिशतले विद्युत लसलाई नियन्त्रण गर्न सफल भएको जनाएको छ ।
११ केभिएको विद्युत लाईन निमार्ण गरि नगरका १७ वडामा भोल्टेजको समस्या र टेक्निकल लसेस कम गर्न विगत २७ महिनामा थप ११६ वटा नयाँ टान्सफर्मर जडान गर्न सफल भएको केन्द्रका प्रमुख कमर आलम खाँले बताउनु भयो ।
नगर क्षेत्रमा अझै विद्युतलाई व्यवस्थित गर्न थप १ वर्षको समय लाग्ने पनि कार्यालय प्रमुख खाँले बताउनु भयो ।
नगरपालिका क्षेत्रमा नयाँ थप गरिएका ११६ वटा टान्सफर्मर मध्ये तिलोत्तमा ननगरपालिकाले १३ वटा र विद्युत केन्द्रले १०३ वटाको व्यवस्थापन गरेको हो । हाल नगरपालिका क्षेत्रमा २ सय ८५ वटा टान्सफर्मर जडान गरि नगरवासिलाई विद्युत सेवा प्रदान गरिएको छ ।
नयाँमिल वितरण केन्द्र मातहत ३२ हजार ग्राहक रहेको र वार्षिक ६ करोड ५६ लाख ३९ हजार ३५२ युनिट विद्युत खपत हुनेगरेको छ ।
केन्द्र मातहत आर्थिक वर्ष २०७५। ७६ मा ५ करोड ४१ लाख ५ हजार ६७० युनिट विद्युत खपत भएकोमा आर्थिक वर्ष २०७६। ७७ मा १ करोड १५ लाख ३३ हजार ६८२ युनिट विद्युत बढी खपत भएको कार्यालयको तथ्याकले देखाएको छ । केन्द्रले आर्थिक वर्ष २०७५। ७६ मा ५६ करोड १८ लाख ८५ हजार १८० रुपैयाँ विद्युत महशुल शुल्क उठाएकोमा आर्थिक वर्ष २०७६। ७७ मा ६६ करोड ५२ लाख ३८ हजार ५२१ रुपैयाँ महशुल संकलन गर्न सफल भएको जनाएको छ ।
अघिलो आर्थिक वर्षको तुलनामा वितेको आर्थिक वर्षमा १० करोड ३३ लाख ५३ हजार ३४० रुपैयाँ बढी महशुल संकलन गरेको कार्यालयले जनाएको छ । तिलोत्तमा नगरपालिका क्षेत्रको बुटवल भैरहवा सडक खण्डमा विद्युत प्राधिकरण र नगरपालिका बिच सम्झौता गरि सडक वत्तिका लागि १५ वटा मिटर जडान गरि सडक वत्तिको शुल्क नगरपालिकाले तिर्ने गरि रातीमा सडकलाई उज्यालो शहर सरह वनाईएको छ ।