Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुरुयोजनाको टुंगो नलाग्दासम्म प्रदेश राजधानीमा नयाँ घर बनाउन समेत रोक्न मुख्यमन्त्रीको निर्देशन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुरुयोजनाको टुंगो नलाग्दासम्म प्रदेश राजधानीमा नयाँ घर बनाउन समेत रोक्न मुख्यमन्त्रीको निर्देशन

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७७ · 0
गुरुयोजनाको टुंगो नलाग्दासम्म प्रदेश राजधानीमा नयाँ घर बनाउन समेत रोक्न मुख्यमन्त्रीको निर्देशन
120
SHARES
ShareTweet

बुटवल २२ असोज
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा गुरुयोजनाको टुंगो नलाग्दाँसम्म नयाँ घर बनाउन राकिने बताउनु भयो । प्रदेशको राजधानी र नामाकरण टुगिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई उहाँले अब गुरुयोजनाको टुंगो नलाग्दासम्म नयाँ घर पनि बनाउन रोक्न निर्देशन दिनु भयो ।
प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न कर्मचारीहरु चनाखो भएर लाग्न समेत मुख्यमन्त्री पोखरेलले निर्देशन दिनु भयो । सरकारले यस अघि दाङको राप्ती गाउँपालिका,गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ ।
कानुनी रुपमा जग्गाको किनबेच रोक लगाइसकेको भएपनि गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले त्यस्ता गलत कामलाई निस्तेज गर्न सरोकारवाला निकायलाई निर्देशन दिनु भयो ।
उहाँले राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगानगरपालिकाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको बताउनु भयो ।
राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका,गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उहाँले आग्रह गर्नु भयो । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उहाँले बताउनु भयो । गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमसः बनाइदै जाने बताउनु भयो । उहाँले नक्शाको डिजाइन,गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमसः अघि बढ्ने बताउनु भयो ।
अहिलेलाई हेरेर होइन्, ५० वर्षपछि पनि व्यवस्थित शहर रहने गरी प्लानिङ गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौं—उहाँको कथन रहेका छ ।

≪ Previous Post

ट्याक्टर व्यवसायीले पत्रकारलाई अमर्यादित व्यवहार गरेको प्रति पत्रकार महासंघको आपत्ति

Next Post ≫

नेपाल विद्युत प्राधिकरण नयाँमिल केन्द्रद्धारा एक वर्षमा सवा १४ प्रतिशत विद्युतको क्युमुलेटिभ लस घटाउन सफल,

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क