Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कावासोतीका ट्याक्टर व्यवसायीले पत्रकारको खेत जोत्ने ट्याक्टरलाई १५ हजार जरिवाना गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीका ट्याक्टर व्यवसायीले पत्रकारको खेत जोत्ने ट्याक्टरलाई १५ हजार जरिवाना गर्ने

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0
कावासोतीका ट्याक्टर व्यवसायीले पत्रकारको खेत जोत्ने ट्याक्टरलाई १५ हजार जरिवाना गर्ने
110
SHARES
ShareTweet

कावासोती, २० असोज । पूर्वी नवलपरासीको कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक रुपमा प्रस्तुत भएका छन् । नदीदोहनका सामाचार लेखेको, पत्रकारहरुले प्रहरीलाई सुराकी गरेर ट्याक्टर समाइदिएको, समाचार लेख्दा शिर्षक बंग्याएर हाल्ने गरेको भन्दै कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक भएका हुन् ।
नवलपुर ट्याक्टर व्यवसायी समितिका अध्यक्ष शिव गिरीले पत्रकार रामकुमार श्रेष्ठ लगायतका केही पत्रकार र कावासोती १६ का ५ जना स्थानीयका खेत जोत्न कसैलाई पनि जान नदिने गरी उपसमितिले निर्णय गरेको जानकारी गराउनु भयो । यस्तो निर्णय भएको मैले पनि थाहा पाए अध्यक्ष गिरीले भन्नुभयो–‘समाचारमा शिर्षक बंगाएर हाल्न नहुने थियो । त्यसै कारण रामकुमार श्रेष्ठ लगायतका पत्रकारहरुलाई वायस्ट गरेर जाने निर्णय गरिएको हो ।’
ट्याक्टर व्यवसायीको कावासोती स्तरको उपसमितिले कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ र शालिकराम कोइरालाको खेतबारी नजोत्ने र जोत्न गए जोत्न जाने ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
पत्रकार श्रेष्ठले आफ्नो बारीमा तोरी लगाउनका लागि ४ दिनदेखि ट्याक्टर बोलाएको भए पनि सबै ट्याक्टरले आलटालगर्दै आएको र पछि बुझ्दै जाँदा त्यस्तो निर्णय भएको थाहा पाएको बताउनु भयो । त्यसैगरी कावासोती १६ का ५ जना स्थानीयले ट्याक्टरले खोलाबाट नदीजन्य वस्तुको चोरी गरेको प्रहरीलाई थाहा दिएर ट्याक्टर समाइदिएको भन्दै ति ५ जनाको खेत पनि जोत्न नजाने निर्णय गरेका छन् ।
कावासोती १६ का वडा अध्यक्ष एकादत्त वस्तीले कावासोती १६ का पाँच जना स्थानीय किसानहरुले ट्याक्टर व्यवसायीले आफूहरुको खेत जोत्न प्रतिबन्ध लगाएको भन्दै गुनासो गरेको बताउनु भयो । वडा अध्यक्ष वस्तीले यस विषयमा आफुले नवलपुर ट्याक्टर समितिका अध्यक्ष शिव गिरीलाई समस्या हल गर्न आग्रह गरेको बताउनु भयो ।
कावासोती १६ का दुर्गा गिरी, अम्मर गिरी, तिर्थ पौडेल, मनि सुवेदी लगायत ५ जनाको खेत नजोत्ने निर्णय ट्याक्टर व्यवसायीले गरेका छन् । टयाक्टर व्यवसायीले यदि कसैले उनीहरुकोमा जोत्न गए जोत्न जाने ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय समेत गरेका छन् ।

≪ Previous Post

कालो दिनका रुपमा मनाउन कांग्रेस रुपन्देहीको अपिल

Next Post ≫

सटर व्यवसायीको १ वर्ष म्याद थप गर्न बुटवल उप महानगरपालिकालाई रुपन्देही व्यापार संघको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क