Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित
160
SHARES
ShareTweet

हमाल अनुपस्थित , कल्पना र सन्तोषद्धारा मतदानमा सहभागिता जनाएनन , तारा द्धारा नामाकरणको पक्षमा राजधानीमा मतदान गर्नु भएन

बुटवल २० असोज
प्रदेश ५ को छैठौ अधिवेशनको ३१ औ वैठकले मंगलवार स्थायी राजधानी र प्रदेशको नामाकरण स्पष्ट दुई तिहाई बहुमतवाट पारित गरेको छ ।
प्रदेशको राजधानीका विषयमा निकै विवाद र आन्दोलन भएपनि अन्तत स्पष्ट दुई तिहाई वहुमतवाट राजधानीको केन्द्र तय भएको छ
राजधानी दाङ जिल्लाकोको देउखुरी उपत्यका क्षेत्रको पक्षमा ६९मत र बिपक्षमा १३ मत परेको सभामुख पूर्ण बहादुर घर्तीले बताउनु भयो ।
यो सङगै प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका क्षेत्र कायम भएको छ । प्रदेश सभामा मंगलबार भएको राजधानीको प्रस्तावको मतदानमा ८२ जना सांसदले सहभागिता जनाउनु भएको थियो ।
त्यस्तै गरि प्रदेशको नामाकरण लुम्बिनी राख्ने पक्षमा ७९ जनाले र ४ जनाले विपक्षमा मतदान गरेका छन । प्रदेश सभामा कुल ८७ जना सभासद रहेकोमा सुरेन्द्र बहादुर हमाल उपस्थित हुन भएन भने जसपाका कल्पना पाण्डे र सन्तोष पाण्डेले नामाकरण र राजधानी कुनैमा पनि मतदानमा सहभागिता जनाउनु भएको छैन । त्यस्तै राष्ट्रिय जनमोर्चाकी ताराजिसीले राजधानीमा मतदान गर्नु भएन भने नामाकरणको पक्षमा मतदान गर्नु भएको थियो ।
त्यस्तै सभामुखले मतदान गर्न आवश्यक नपरेको प्रदेश सभा सोत्तले जनाएको छ । नामाकरण र राजधानीको सवालमा सहमतीवाट समाधान गर्न नसकेपछि मतदान प्रकृयावाट टुगोमा पुराईएको हो ।नेपाली काँग्रेस रुपन्देहीले सडक देखि सदनसम्मवाट र रुपन्देहीमा क्रियाशिल ३५ वटा व्यवसायीक संघसंस्थाले सडक देखि विरोध गर्दा गदै पनि प्रदेश सभाले प्रदेशको राजधानी र नामाकरण स्पष्ट दुई तिहाई बहुमतवाट पारित गरेको छ । प्रदेश सभामा संम्बिधानको धारा २८८को उपधारा २ वमोजिम प्रदेशका कानुनमन्त्री कूल प्रसाद केसीले प्रदेश सभामा प्रदेशको स्थायी राजधानी र संविधानको धारा २९५ को उपधारा २ वमोजिम प्रदेशको नामाकरणको यही असोज १६ गते शुक्रवार प्रस्ताव सभामा पेस गर्नु भएको थियो ।

≪ Previous Post

विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव ः मुख्यमन्त्री पोखरेल

Next Post ≫

कालो दिनका रुपमा मनाउन कांग्रेस रुपन्देहीको अपिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क