Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव ः मुख्यमन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव ः मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0
विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव ः मुख्यमन्त्री पोखरेल
140
SHARES
ShareTweet

बुटवल २० असोज
प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले संसदले गठन गरेको विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव गरेको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले विशेष समितिले १ नम्बरमा दाङ २ नम्बरमा रुपन्देही र ३ नम्बरमा कपिलवस्तुलाई राजधानी वनाउन सकिने गरि सिफारिस गरेको बताउनु भयो ।
प्रदेशसभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी १२ जिल्लाको जनताको समृद्धिको चाहानालाई ध्यानमा राखेर ल्याएको बताउनु भयो ।
प्रदेश ५ लाई प्रदेश समृद्ध बनाउन सक्दा मुलुक नै समृद्ध बन्ने जिकिर गर्दै मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होईन कस्तो राजधानी बनाउने भन्ने कुरालाई जोडेर राजधानीको प्रस्ताव गरेको जिकिर गर्नु भयो ।
मुख्यमन्त्री पोखरेलले प्रस्ताव गरिएको स्थानमा बग्ने राप्ती नदी प्रदेशको एकल अधिकारका रुपमा रहेको र त्यसले नै बाँके र बदीयालाई समेत जोडने बताउनु भयो । उहाँले भालुवाङले प्रदेशको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने दाबी गर्नु भयो ।
मुख्यमन्त्री पोखरेलले अखण्ड लुम्बिनीबारे बुटवलमा भएको आन्दोलनले मधेस र पहाड छुट्याएर प्रदेश बनाउनु पर्ने मागलाई निस्तेज बनाएको जिकिर गर्नु भयो ।
मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा चलेको अखण्ड लुम्बिनीको आन्दोलनलाई सम्मान व्यक्त समेत गर्नु भयो् । बुटवल भैरहवा औद्योगिक करिडोरको डीपीआर तयार भईसकेको जनाउँदै पोखरेलले लुम्बिनी अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउने तयारी भएको जानकारी दिनु भयो । सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको मुख्यमन्त्री पोखरेलले बताउनु भयो । बाँके र बर्दियाबाट हरित क्रान्तिको सुरुवात गर्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले राप्ती नदीको सिक्टा र भेरी बबई डाईभर्सनको काम पुरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने स्पष्ट पार्नु भयो ।
प्रदेशमा नेपालकै सबैभन्दा ठुलो चिडियाखाना बुटवलमा बनाउने, उजिरसिंह रङ्गशाला र बुटवल भैरहवा करिडोरलाई आर्थिक राजधानीका रुपमा विकास गर्न सकिने प्रदेश सरकारले मान्यता राखेको उहाँले बताउनु भयो ।
उहाँले मंगलवारकै मन्त्रिपरिषदको बैठकले बुटवल क्षेत्रलाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने निर्णय गरेको समेत जानकारीगराउनु भयो ।
राजधानी प्रस्तावमा कुनै राजनीति नगरिएको स्पष्ट पार्दै मुख्मन्त्री पोखेलले प्रस्तावि राजधानीका दुई स्थानीय पालिकामा नेपाली काँग्रेसको नेतृत्व रहेको र १ स्थानिय तहमा नेकपाले नेतृत्व गरेको मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशका सबै जिल्ला र क्षेत्र र इलाकामा विकास गर्ने प्रतिवद्धता जनाएको दावि गर्नु भयो ।

≪ Previous Post

राजधानी सारे नेकपा निकट रुपन्देहीका ३५ वटा संघसंस्थाका २२४९ उद्योगी व्यबसायीद्वारा पार्टी परित्याग गर्ने घोषणा

Next Post ≫

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी स्पष्ट दुई तिहाई वहुमतद्धारा पारित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क