Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ राजधानी सारे नेकपा निकट रुपन्देहीका ३५ वटा संघसंस्थाका २२४९ उद्योगी व्यबसायीद्वारा पार्टी परित्याग गर्ने घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजधानी सारे नेकपा निकट रुपन्देहीका ३५ वटा संघसंस्थाका २२४९ उद्योगी व्यबसायीद्वारा पार्टी परित्याग गर्ने घोषणा

संसारपोस्ट संवाददाता · २० आश्विन २०७७ · 0
राजधानी सारे नेकपा निकट रुपन्देहीका ३५ वटा संघसंस्थाका २२४९ उद्योगी व्यबसायीद्वारा पार्टी परित्याग गर्ने घोषणा
150
SHARES
ShareTweet

बुटवल २० असोज
दुई तिहाई बहुमत रहेको प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव फिर्ता नगरे नेकपा निकट रुपन्देहीका ३५ वटा संघसंस्थाका २२ सय ४९ जना उद्योगी व्यबसायीले पार्टी परित्याग गर्ने घोषणा गरेका छन । प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव उपर प्रदेश सभामा मतदान हुँदैछ । मतदान हुनु भन्दा केही समय अंगाडी मात्रै नेकपा समर्थित उद्योगी व्यबसायीले प्रदेश सभा नजिकै रहेको होटल न्यू ईरामा पत्रकार सम्मेलन गरेर उक्त प्रस्ताव फिर्ता नगरे पार्टी परित्याग गर्ने जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा उद्योग विभागका प्रदेश सदस्य समेत रहेका एजाज आलमले भन्नुभयो–‘हिजो झुट्टा आश्वासन किन दिईयो, आज पार्टीमा बस्न समेत लज्जाबोध भईरहेको छ ।’ प्रदेशको स्थायी राजधानी बुटवललाई नै बनाउने बाचा सहित नेकपाका महासचिव बिष्णु पौडेलले भारी मत सहित प्रतिनीधि सभा सदस्यमा चुनाव जित्नु भएको थियो । आज त्यहि नेकपाको सरकारले प्रदेशको राजधानी दाङ् लैजाने प्रस्ताव गर्दा महासचिव पौडेल एक बचन पनि नबोलेकोमा उद्योगी व्यबसायले चित्त दुखाएका हुन् ।
पत्रकार सम्मेलनमा व्यबसायी तथा रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले प्रदेशको राजधानी सम्बन्धि प्रस्ताव फिर्ता हुँदैन भने त्यो पार्टीमा बसिरहनुको कुनै औचित्य नभएको बताउनु भयो ।
बुटवल उपमहानगर भित्रका ३५ वटा व्यबसायिक संस्थामा आवद्ध २ हजार २४९ जनाको पार्टी परित्याग गर्नको लागि हस्ताक्षर संकलन भएको र आजको सदनको निर्णयलाई हेरेर सोही अनुसार आफूहरु अंगाडी बढ्ने होटल तथा रेष्टुरेन्ट व्यबसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले बताउनु भयो ।
बिष्णु पौडेल, भूमिश्वर ढकाललाई हिजो चुनावमा आफूहरुले नै जिताएको दावी गर्दै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघरुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले भन्नुभयो–‘भूमिश्वर ढकाललाई आफ्ना मतदाता भन्दा पद प्यारो भयो ? हामी चुनौती दिन चाहन्छौं अर्को चुनाव पनि लड्ने होलानी !’
नेकपाको बुटवल नगर सचिवालय सदस्य समेत रहेका रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भन्नुभयो –‘हामी पार्टीको सुभेच्छुक मात्रै नभएर बिभिन्न तहको जिम्मेवारीमा पनि छौं, हाम्रो कुरै सुनिदैन भने पार्टीमा रहिरहनुको कुनै औचित्य रहेन ।’
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायणप्रसाद घिमिरेले ‘हामीलाई पार्टीको भन्दा पनि भूमिको मायाँ छरहेको र पार्टीले यस क्षेत्रका जनताको भावनाको कदर गर्न नसकेकोले पार्टी सदसयवाट राजिनामा दिई स्वतन्त्र रुपमा बस्ने बताउनु भयो ।

≪ Previous Post

प्रदेश ५ का कानुन मन्त्रीको असहिष्णु र अमर्यादित ब्यबहार प्रति काँग्रेसको आपत्ती

Next Post ≫

विशेष समितिले १ नम्बरमा सिफासिर गरेको स्थानलाई प्रदेशको राजधानीका रुपमा प्रस्ताव ः मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क