Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवल ११ प्रगतिनगरमा नेपाल तरुण दलको नेतृत्व चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल ११ प्रगतिनगरमा नेपाल तरुण दलको नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0
बुटवल ११ प्रगतिनगरमा नेपाल तरुण दलको नेतृत्व चयन
80
SHARES
ShareTweet

बुटवल, १३ असोज । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले वडा तह र टोल टोलमा संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ ।
संगठन विस्तार अभियान अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा नेपाल तरुण दलको ईकाई समिति गठन गरिएको छ । तरुण नेता साजन भारीको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै नेपाली काँग्रेसका वडा सभापति चित्र वहादुर वर्माले अन्यायका विरुद्ध सबै तरुणहरु जागरुक हुनुपर्ने बताउनु भयो । उहांले तरुणहरुले श्रृजनशिल काम गरेमा नेपाली काँग्रेसलाई समेत फाईदा पुग्ने बताउनु भयो ।
सो अवसरमा काँग्रेसका नेता जित वहादुर मल्लले विकृति र विसंगतीका विरुद्धमा तरुणहरु जाग्नु पर्ने वेला आएको बताउनु भयो । तरुण दलका नगर सभापति सुजन पुनले तरुणहरुलाई संगठित गर्ने र रचनात्मक कार्यमा लगाउने अभियानमा आफुहरु लागिरहेको बताउनु भयो । नेपाली काँंग्रेसका क्षेत्रिय सहसचिव नेत्र भट्टराईले युवाहरुको संरक्षणका लागि काँग्रेस सधै साथमा रहेको बताउनु भयो ।
कार्यक्रममा तरुण दलका जिल्ला सदस्य सुनिल शाही, वडा सचिव दुर्गा वहादुर खत्री, उपसभापति कृष्ण वहादुर जिसी लगायतले बोल्नु भएको थियो ।
भेलावाट गिरमान राजकोटीको अध्यक्षतामा २५ सदस्यीय प्रगतिनगर तरुण समिति गठन भएको छ । समितिको उपाध्यक्षमा आकाश थापा, सचिवमा अनित चौधरी, सहसचिवमा करिस्मा वस्याल, कोषाध्यक्षमा कृष्ण थापा रहनु भएको छ ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघद्वारा व्यबसायीलाई दुई महिनाको घरभाडा छुट

Next Post ≫

प्रदेश पाँचमा ९० प्रतिशतले नियमित सावुन पानीले हात धुने गरेको तथ्याकं सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क