Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघद्वारा व्यबसायीलाई दुई महिनाको घरभाडा छुट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघद्वारा व्यबसायीलाई दुई महिनाको घरभाडा छुट

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0
बुटवल उद्योग बाणिज्य संघद्वारा व्यबसायीलाई दुई महिनाको घरभाडा छुट
90
SHARES
ShareTweet

बुटवल, १३ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बुटवलको संगमपथमा रहेको संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्ने निर्णय गरेको छ । संघको मंगलबार बसेको कार्यसमिति बैठकले संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्दै आम घरधनीलाई पनि व्यबसायीलाई सहुलियत प्रदान गर्न आग्रह गरेको छ ।
त्यस्तै संघले घरबहाल छुट गर्ने घरधनीलाई घरबहालकर छुट गर्न समेत सरकार संग माग गरेको छ । कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण ६ महिना व्यापार व्यबसाय ठप्प भएकोले व्यबसायीलाई केही हदसम्म भएपनि राहत पुगोस् भन्ने उद्देश्यले भाडा छुट गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । महामारीको समयमा आफ्नो घर भवनमा व्यबसाय गरेका उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गर्दै संघले गरेको आग्रहमा सहयोग प्राप्त हुने समेत संघले विश्वास गरेको छ ।
त्यस्तैगरी महामारीको समयमा गरिएको सिमानाका नियन्त्रणलाई निरन्तर नियन्त्रण गर्न समेत संघले आग्रह गरेको छ । सिमानाकालाई नियन्त्रण गर्दा बैध कारोवारलाई प्रोत्साहन हुने र मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने भएकाले सिमानाकालाई नियमित कडाई गर्न आग्रह गरिएको हो ।
त्यस्तै बैठकले संघले यहि असोजमा गर्ने निर्णय गरेको साधारण सभा तथा अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को स्वास्थ्य मापदण्डको कारण कार्यक्रम गर्न अनुमति प्राप्त नभएकाले असोजको २८, २९ र ३० गतेलाई तय गरेको साधारण सभा तथा अधिवेशन अर्को निर्णय नगर्दा सम्मलाई स्थगन गरिएको महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

≪ Previous Post

बाढी प्रभावितलाई क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह

Next Post ≫

बुटवल ११ प्रगतिनगरमा नेपाल तरुण दलको नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क