Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बाढी प्रभावितलाई क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाढी प्रभावितलाई क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0
बाढी प्रभावितलाई क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह
120
SHARES
ShareTweet

तिलोत्तमा, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले देशभरी परेको अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाका केही भागमा क्षति पु¥याएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारसँग बाढीप्रभावितहरुलाई उचित क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण र व्यवस्थापनको योजना बनाउन आग्रह गरेको छ ।
नेकपा तिलोत्तमा नगर कमिटी सचिवालयको मंगलबार बसेको बैठकले बाढीबाट प्रभावित बनेकाहरुलाई यथोचित राहत र क्षतिपूर्तिको प्रवन्ध गर्न र नदी नियन्त्रण तथा व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन योजना बनाउन माग गरेको हो ।
असोज ९ गते राति परेको अविरल वर्षाका कारण तिलोत्तमा–११ को भूपू सैनिक र सुखौरा क्षेत्र, तिलोत्तमा वडा नम्बर ८ को ज्योतीनगर, ७ को दल्का जहदा, १ को चपरहट्टी, वडा नम्बर १० को ड्यामसाईट, ४ को डिंगरनगर, ५ को मणिग्राम पुर्वी क्षेत्र, १५ को मधवलिया, १७ को कानपारा क्षेत्र डुवानमा पर्दा केही घर, कृषि बाली, कुखुरा तथा बंगुर फर्म, उद्योग व्यवसायलगायतमा क्षति पुग्नुका साथै केही पशु चौपायाको मृत्यु भएको थियो ।
नेकपाको तिलोत्तमा नगर कमिटी सचिवालय बैठकले बाढी तथा डुवानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । नगर कमिटी अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेले समसामयिक विषयमा धारणा राख्दै बाढी प्रभावितहरुको राहत, क्षतिपूर्ति र प्रकोप व्यवस्थापनको काममा सिंगो पार्टीपंक्ति परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा राष्ट्रियसभा सदस्य एवं पार्टीका प्रदेश कार्यालय सदस्य गोपाल भट्टराई, प्रदेश कमिटी सदस्य अनुप बराल, जिल्ला सदस्यहरु वासुदेव घिमिरे, जगेश्वरदेवी चैधरी, यज्ञ गैरे, श्याम खरेल, खुमाकान्त पौडेल, नगर सचिव लक्ष्मण खनाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकले यही असोज १९ गतेसम्म पार्टी सदस्यहरुको सूचीकरण तयार गरिसक्ने र मंसिर १५ गतेसम्म नवीकरण गर्ने गरी आवश्यक योजना तयार गरेको छ । यसका लागि विभिन्न नेताहरुलाई विभिन्न वडाहरुको संयोजनको जिम्मेवारी दिइएको छ ।

≪ Previous Post

नेपाली काँग्रेसको समन्वयमा रुपन्देही पिपरिहियाका बाढि पीडितलाई राहत वितरण

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघद्वारा व्यबसायीलाई दुई महिनाको घरभाडा छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क