बुटवल, १३ असोज । गत शुक्रबार आएको अविरल बर्षा संगै विभिन्न खोला नालामा आएको बाढीले डुवान तथा कटान गरी क्षती पुर्याएका क्षेत्रमा नेपाली काँग्रेस रुपन्देही र विभिन्न सामाजिक संस्थाको अगुवाईमा स्थलगत अनुगमन र राहत सामाग्री वितरण गरिएको छ ।
रुपन्देही क्षेत्र नं १ अन्तर्गत देवदह र तिलोत्तमा नगरपालिका सहित ओमसतिया गाउँपालिकाका विभिन्न वडामा वाढीले वढि क्षती पु्रयाएको छ । नेपाली काँग्रेसले बाढि तथा डुवानले क्षती पुर्याएका क्षेत्रको अवलोकन गर्नुका साथै जनताको पिर मर्का बुझ्ने, आवश्यक राहत सामाग्री वितरण गर्ने र बाढिग्रस्त क्षेत्रको समस्या समाधानका लागि समवन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम गरेको छ ।
यसैक्रममा नेपाली काँग्रेसकै समन्वयमा अविरल बर्षा संगै आएको बाढिले क्षती पुर्याएको रुपन्देही क्षेत्र नं.१ अन्तर्गत पर्ने ओमसतिया गाउँपालिका–५ पिपरहियाका बाढि पीडित ३० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
सिद्धार्थ नगर जेसिजको सहयोगमा भएको कार्यक्रममा वाढि पीडित परिवारलाई राहत वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कोरोनाको माहामारी चलिरहेको बिषम परिस्थितिमा नदि कटान र डुवान जस्ता घटनाले सर्वसाधारण जनतालाई थप समस्यामा पारेको बताउनु भयो । एकातिर बन्दाबन्दिको समस्या अर्कोतिर घर डुवानमा पर्दा भएको खाद्यान्न लगायतका सामानमा क्षति पुगेको अवस्थामा वबाढि पीडित जनतालाई थोरै भएपनि राहत मिलोस भनेर नेपाली काँग्रेसकै समन्वयमा राहत समाग्री वितरण गरिएको सभापति रज्जाकले वताउनु भयो । जनताको सुख दुखमा नेपाली काँग्रेस जहिले पनि साथमा रहने बताउदै सभापति रज्जाकले जनताका समस्या समाधानका लागि सक्दो पहल गर्ने र यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य एबं प्रदेश १(ख)का प्रत्यासी हरि न्यौपानेले अहिलेको अवस्थामा बाढि पीडितलाई राहतको खाँचो महशुस गरी सिद्धार्थनगर जेसिजको सहयोगमा राहत वितरण गरिएको बताउदै आगामी दिनमा पीडितको समस्यालाई सम्वोधन गर्ने गरी अन्य राहतका कार्यक्रम गरिने वताउनु भयो । लकडाउनका कारण विहानबेलुकी घर चलाउन मुस्किल परिरहेको अवस्थामा अहिलेको बर्षाले हुदा खानेको जीवनमा थप पीडा र चोट पुर्याएको अवस्थालाई मध्येनजर गरी विपन्न परिवार रहेको पिपरहियाका बाढि पीडित जनतालाई लक्षित गरेर नेपाली काँग्रेसको समन्वयमा राहत वितरण गरिएको बताउनु भयो ।
सिद्धार्थ नगर जेसिजका अध्यक्ष भूवन राणाको अध्यक्षता, उपाध्यक्ष कमल भण्डारीको स्वागत र हुमाकान्त भुसालको सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सदस्य नविन आचार्य, अकवाल खाँलगायतले बोल्नु भएको थियो ।
पिपरहियाका अधिकांश घरमा बाढी पसेर क्षती पुर्याउनुका साथै भर्खर बाला निकाल्दै गरेको धान बालीमा पनि बाढिले ठूलो क्षती पुर्याएको छ ।

