Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अन्तःशुल्कको ७० करोड स्टिकर नेपालमै पहिलो पटक छापिँदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तःशुल्कको ७० करोड स्टिकर नेपालमै पहिलो पटक छापिँदै

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0
अन्तःशुल्कको ७० करोड  स्टिकर नेपालमै पहिलो पटक छापिँदै
90
SHARES
ShareTweet

बुटवल १३ असौज
नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस)मा करिब ७० करोड थान स्टिकर छाप्न लागिएको हो ।
केन्द्रले एक दुई दिनमा नमुना छपाइ गरेर स्वीकृत गराएपछि छाप्ने निश्चित भएको हो । केन्द्रका प्रवक्ता चित्र आचार्यले विभागको डिजाइनअनुसार नमुना स्वीकृत गराएपछि छपाइ शुरू गर्ने जानकारी दिनुभयो । विदेशी कम्पनीले छाप्दै आएको अति महत्वपूर्ण स्टिकरको छपाइको टेन्डर रद्द भएपछि जीटुजी प्रक्रियाअनुसार जनक शिक्षा सामग्रीलाई दिन लागेको होे ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले केन्द्रसँग दुई महिनाअघि गरिएको सम्झौताका आधारमा छपाइ गर्न लागिएको जानकारी दिनुभयो । विभागले सरकारी निकायसँग प्रतिस्पर्धा गर्न नपर्ने भएकाले केन्द्रको सेक्युरिटी प्रेसमा छपाइ गर्न दिएको उहाँको भनाइ थियो ।
महाप्रबन्धक कुँवरले केन्द्रले केही दिनभित्र छपाइ शुरू गर्ने बताउनुभयो । केन्द्रले विभागले दिएको नमुना र सेक्युरिटी फिचर्सको आधारमा स्टिकर छपाइ गर्ने जनाएको छ । पहिलो चरणमा चुरोट र त्यसपछि अन्य क्षेत्रको स्टिकर छपाइ गर्ने विभागको भनाइ छ ।
महानिर्देशक कुँवरले पहिलो स्टिकर छपाइको गुणस्तर हेरेपछि अन्य काम दिने बताउनुभयो ।अति गोप्य सामग्रीका रूपमा रहेको स्किटर छपाइ गर्न तीन घेराको सुरक्षा हुनेछ । छाप्ने प्रेसमा नेपाली सेनाको बटालियन तैनाथ हुनेछ भने दोस्रो र तेस्रो घेरामा सशस्त्र र नेपाल प्रहरी बस्नेछ ।
छपाइ शुरू भएपछि प्रेसमा अपरेटर र केन्द्रका जिम्मेवारी व्यक्ति र विभागका अधिकारप्राप्त व्यक्ति बस्नेछन् ।केन्द्रका प्रवक्ता आचार्यले स्टिकर छपाइ गर्न भारतबाट ४० टन अल्ट्रा भ्वाइलेट (यूभी) कागज ल्याइसकेको जानकारी दिनुभयो ।
सेक्युरिटी फिचर्स रहेको सो कागज टेन्डरबाट खरिद गरिएको हो । यस्तो स्टिकर नेपालमा पहिलोपटक छाप्न लागेको हो ।विभाग र केन्द्रबीच निरन्तर काम गर्ने गरी सम्झौता भएको छ । सुरक्षाको कारण निजी छापाखानालाई नदिएर जनकलाई जिम्मा दिएको महानिर्देशक कुँवरले बताउनुभयो ।
अरू सामानमा प्रयोग हुने स्टिकर मौज्दात रहे पनि चाँडै खपत हुुने चुरोटको स्टिकर सकिनै लागेकाले तत्काल छाप्न स्वीकृत दिएको कुँवरको भनाइ छ । नेपालमा पहिलोपटक छपाइ गर्न लागिएको अन्तःशुल्कको स्टिकर यसअघि लिथोनिया र इन्डोनेसियामा छपाइ गरेर ल्याइएको थियो ।
कोरोना संक्रमणका कारण विदेशमा दिन सम्भव नभएको र जनक शिक्षाले आफ्नो सेक्युरिटी प्रेसमा छपाइ गर्न सक्ने ग्यारेन्टी दिएकाले विभागले पहिलोपटक नेपालमै छपाइ गर्न लागेको हो ।
महानिर्देशक कुँवरले केन्द्रले सुरक्षा मापदण्ड पूरा गरेर छाप्न सक्ने जनाएपछि सोहीअनुसार योजना बनाएर छाप्न दिने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘यसअघि एसईई, कक्षा ११ र १२, निर्वाचन आयोगको मतपत्रलगायत अति महत्वपूर्ण र गोप्य सामग्री छापिसकेको अनुभवले गर्दा पहिलोपटक केन्द्रलाई स्टिकर छाप्न अनुमति दिएका हौं ।’जनकले वर्षभरि स्किटर लगायत अन्य गोप्य सामग्री छपाइ गर्नका लागि थप सेक्टुरिटी प्रेस खरिद गर्न बजेट विनियोजन गरेको छ ।

≪ Previous Post

नौलो बहुुउद्देश्यीय सहकारीद्धारा रक्तदान

Next Post ≫

नेपाली काँग्रेसको समन्वयमा रुपन्देही पिपरिहियाका बाढि पीडितलाई राहत वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क