Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कला, संस्कृति र साहित्य समाजको एैना हो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कला, संस्कृति र साहित्य समाजको एैना हो

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७७ · 0
कला, संस्कृति र साहित्य समाजको एैना हो
70
SHARES
ShareTweet

बुटवल, ३ असोज

छन्दबादी समाज नेपालका अध्यक्ष, लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्रगतिशिल लेखक संघका उपाध्यक्ष कविराज पौडेलले शनिबार बुटवलमा ‘जिन्दगी’ र समसामयिक अवस्था चित्रण गर्ने ‘कोरोनालाई चिठी’ कविता सुनाउनु भयो ।

हे मत्यु ऐले नआ !
यी सांसारिक रोगका विरसिला सुन्दै कथुङ्ग्री अझै ।
आनन्दै छु बसी यहीँ नियतिका चढ्दै म थुक्की अझै ।
बाँच्ने लोभ हुँदा छ दुःखपिरको सानोतिनो त्यो कथा ।
साह्रै दुःखित छैन मार्छु म भनी हे मृत्यु ऐले नआ ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४२ औ नियमित बैठक तथा साहित्यीक अन्तरक्रियामा पौडलाई साथ दिए तिलोत्तमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष लिलाधर पाण्डेले । पाण्डेले कोरोना कहरसंग सम्बन्धित मुक्तक र गजलहरु सुनाउनु भयो ।

धेरै पछि सुनसान शहर देखियो, चारैतिर कोरोनाको कहर देखियो ।
कोही कुबेर होला कोही सुदामा होला, सबैमा जिवन बाच्ने रहर देखियो । धेरै पछि कोरोनाको कहर देखियो ।
न कोही शत्ता पक्ष न प्रतिपक्ष नै छ, देशैभरि एकताको लहर देखियो । चारैतिर कोरोनाको कहर देखियो ।
न ज्ञान र विज्ञान संगै नै छ ओखती, सर्वत्र ब्यस्त अनौठौ जहर देखियो चारैतिर कोरोनाको कहर देखियो ।
बाच्नमात्र पर्छ अनेक देख्न पाईन्छ भन्थे, कहाली लाग्दो एउटा ठुलो प्रहर देखियो ।
धेरै पछि सुनसान शहर देखियो, चारैतिर कोरोनाको कहर देखियो ।

करौडौ कमाउनेले नी के पो खान्छ र? कात्रो बाहेक मर्दा के पो लान्छ र ?
यति विद्म घमण्ड किन हो तिमीमात्रै, हासेर बोल्दैमा तिम्रो के पो जान्छ र ?

कला, संस्कृतिबाट समाजमा भएका बेथिति, विसंगतिमाथि प्रहार हुने उहाले बताउनु भयो ।
यसैगरिकार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ विरुद्ध विभिन्न सचेतनासंगै सुरक्षा निकाय, पत्रकार संघसंस्थाहरुलाई मास्क वितरण, हेन्ड सेनिटाईजर वितरण गरिएको बताउनु भयो । विषम परिस्थिती अनुसार भर्चअल कार्यक्रम समेत गरिएसंगै पछिल्लो समय लकडाउन खुकुलो भएसंगै सुरक्षा र स्वस्थ्य मापदण्ड अपनाएर कोरोना सचेतनासंगै कला संस्कृति र साहित्यको जर्गेना गर्ने लक्ष्यसहित अन्तरक्रिया गरिएको उहाँले बताउनु भयो । कोरोना कहर न्युनिकरण भए आफनो कार्यक्रलमा राष्ट्रब्यापी साहित्यीक कार्यक्रम गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष नवीन श्रेष्ठ, ओम अर्याल, बालकृष्ण अर्याल, सचिव अर्जुन आचार्य, सदस्य भगवती अर्यालले साहित्य समाजको दपर्ण भएको बताउदै यसको संरक्षण गर्ने काम सबैको साझा दायित्व भएको औल्याएका थिए ।

≪ Previous Post

तिलोत्तमामाले युवाहरुलाई उत्पादनसँग जोडन २ करोड विनाधितो सहुलियतपूर्ण कर्जा दिन शुरु

Next Post ≫

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीद्धारा संविधान दिवसमा बृक्षारोपण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क