Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पोखरा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न विद्यार्थीहरुको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पोखरा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न विद्यार्थीहरुको माग

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७७ · 0
पोखरा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न विद्यार्थीहरुको माग
80
SHARES
ShareTweet

बुटवल, २४ भदौ । पोखरा विश्वविद्यालय मातहतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेका छन् । पोखरा विश्वविद्यालयमा विगत १ वर्षदेखि उपकुलपति, रजिष्टार, डिन लगायतका १२ जना पदाधिकारीको पद रिक्त रहेकाले विश्वविद्यालयको अध्यापन, परीक्षा प्रणालीलगायत सवै क्षेत्र अस्तव्यस्त भएको भन्दै विद्यार्थीहरुले तत्काल पदाधिकारीको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
विश्वविद्यालय अभिभावक विहिन हुदाँ सन्तानलाई परेको समस्या समाधानमा थप जटिलता भएको भन्दै यस विषयमा गम्भीर बन्न विद्यार्थीहरुले सरकारसंग माग गरेका छन् ।
लुम्बिनी ईन्जिनियरिङ कलेज रुपन्देहीमा अध्ययनरत विद्यार्थीहरुले बुधवार कलेजमा पत्रकार सम्मेलन गरि विश्वविद्यालय १ वर्ष देखि अभिभावक विहिन विश्वविद्यालय मातहतका क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा कलेजका विद्यार्थी रोशन घिमिरेले कोरोनाले थला पारेको शैक्षिक क्षेत्रमा १ वर्ष देखि अभिभावक नहुंदा आफ्ना पीडा सुनाउने व्यक्तिको अभाव रहेको गुनासो गर्नुभयो । प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने विश्वविद्यालयमा १ बर्ष सम्म उपकुलपति सहित १२ जना जिम्मेवार पदाधिकारीको नियुक्ति नहुनुले सरकार शिक्षा क्षेत्रमा कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट भएको विद्यार्थी घिमिरेले बताउनु भयो ।
पोखरा विश्वविद्यालय मातहतमा मुलुक भरी ६८ वटा कलेज संचालनमा रहेका छन् भने ति कलेजमा ३० हजार ७ सय ४९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
पत्रकार सम्मेलनमा लुम्बिनी ईन्जिनियरिङ कलेजका निर्देशक तुल्सी सापकोटाले शिक्षा क्षेत्रमा राजनीति नर्गन सरकारलाई आग्रह गर्नुभयो । विश्वविद्यालयमा रिक्त पदाधिकारीहरुको तत्काल नियुक्ति हुनुपर्नेमा जोड दिदै उहांले पदाधिकारीको अभावमा पोखरा विश्वविद्यालय मातहतका कलेजमा अध्ययनरत विद्यार्थीको पढाई र परीक्षा प्रणाली नै अस्तव्यस्त बन्न पुगेको गुनासो गर्नुभयो ।

≪ Previous Post

आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै

Next Post ≫

सैनामैना नगरपालिकाका जनप्रतिनिधि कोरोना संक्रमितलाई हौसला प्रदान गर्न घरदैलोमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क