Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७७ · 0
आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै
90
SHARES
ShareTweet

बुटवल, २४ भदौ । आज १०७ औं बीपी जयन्ती, नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरेर मनाउदै छ । काँग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ ।
भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने नेपाली कांग्रेस केन्द्रीय समितिले जनाएको छ ।
आज भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयक विचार गोष्ठी आयोजना गरिएको छ । सो गोष्ठीमा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायत सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैगरी भदौ २५ गते दिउँसो १ बजे केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बीपीको योगदान’ विषयमा विचार गोष्ठी आयोजना गरिएको छ । सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागिता रहने छ ।
यसैगरी भदौ २६ गते दिउँसो १ बजे सूचना, संचार तथा प्रचार विभागको संयोजनमा ‘विचार निर्माण एवं प्रचारमा बीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने छ । सो कार्यक्रममा कांग्रेस नेताहरु नरहरी आचार्य, प्रदीप गिरिलगायत वक्ताका रुपमा रहनुहुने छ ।
बीपी कोइरालाको जन्मजयन्ती भदौ २४ गते पर्दछ । नेपाली कांग्रेसले बीपी जयन्ती भौतिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ ।
केन्द्रको परिपत्र अनुसार नेपाली कांग्रेस रुपन्देहीले काँग्रेसका संंस्थापक नेता स्वर्गीय बीपि कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा आज भिडियो अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ ।
‘जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद, नेपालीकाँग्रेस र नेपालको राजनीतिकअवस्था’ विषयक अन्तरसंवाद कार्यक्रम आज (बुधबार) बिहान ११ बजेदेखि सञ्चालनहुने नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो । जुम प्रविधिको माध्यमबाट आयोजना गरिने भिडियो अन्तरसंवाद कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोईराला, प्रमुख सचेतक बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उद्योगपति बिनोद चौधरी लगायतका नेताहरुले सम्बोधन गर्नुहुने छ ।
अन्तरसंवाद कार्यक्रममा पार्टीका संस्थापक नेता कोईरालाले नेपालको राजनीतिक परिवर्तनमा पुर्याएको योगदान, उहाँले लिएको नीति तथा सिद्धान्त र पार्टीको अवस्थाको बारेमा छलफल हुने कंग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी गराउनु भयो । यस्तै नेकपाको दुई तिहाई सरकारले गरेका कामको समिक्षा गरिनुका साथै विश्व मामहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लकडाउन बाहेक ६ महिना बितिसक्दा पनि सरकारको तर्फबाट अन्य कुनै प्रकारको तयारी नगरेको तर्फ सरकारको ध्यानाकर्षण गराईने सभापति रज्जाकले बताउनु भयो ।
नेपाली कांग्रेस रुपन्देहीले भिडियो अन्तरसंवाद कार्यक्रम संक्षिप्त रुपमा हुने र अन्तरसंवाद कार्यक्रममा जोडिन आम नेता कार्यकर्ता, शुभेक्षुक, पत्रकार सबैलाई आग्रह गरेको छ ।

≪ Previous Post

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न व्यबसायीलाई बुटवल उद्योग बाणिज्य संघको आग्रह

Next Post ≫

पोखरा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न विद्यार्थीहरुको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क