Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शान्ति समाजको प्रतिवेदन : सेनाले दिएको यातनावाट चेपाङ्गको मृत्यु मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति समाजको प्रतिवेदन : सेनाले दिएको यातनावाट चेपाङ्गको मृत्यु मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७७ · 0
शान्ति समाजको प्रतिवेदन  : सेनाले दिएको यातनावाट चेपाङ्गको मृत्यु मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर
180
SHARES
ShareTweet

बुटवल ७ भाद्र
चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातनावाट मृत्यु भएको घटना राष्ट्रिय, अन्र्तरािष्ट्रय कानुनको उल्लंघन र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर मानव अधिकार तथा शान्ति समाजले गरेकोे छ ।
गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई सेनाले चरम, बर्वर यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले गत साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आईतबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका सोही जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार,यातना पिडितहरु र सरोकारवालाहरुसगँ भेटगरी मानव अधिकार तथा शान्ति समाज केन्द्रिय टोलीले अध्ययन अनुगमन गरे पछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त यातनाको घटनामा सम्लग्न सैनिक जवानलाई कानुन सम्मत कारवाहि गर्दे सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्र्तराष्ट्रिय महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न माग गरिएको छ ।
प्रतिवेदनमा राज्यले मृतक परिवारलाई एथेष्ट क्षतिपुर्ति र यातना पिडितहरुको स्वास्थ्य उपचारको सम्पुर्ण प्रवन्ध मिलाउनु माग पनि गरिएको छ । .
अति सिमान्तिकृत चेपाङ्गहरु माथी भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न चेपाङ्ग जातीको उत्थानको लागि राज्यले ठोस रुपमा योजना लागु गर्नपर्ने भन्दै चितवनको माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीहरुको घर आगजनी गरी बिचल्लीमा पारेको क्रुर घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले घोर निन्दा र भत्र्सना गर्दै उनीहरुको बसोबासको उचित प्रवन्ध मिलाउन जोडदार माग गरेको छ ।
अनुगमन टोलीले मृतकका परिवार,यातना पिडितहरु स्थानीय जनप्रतिनिधीहरु,सुरक्षा निकाय,स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरुसगँ छलफल गरि प्रतिवेदन तयार गरेको मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले बताउनु भयो ।
बरिष्ठ केन्द्रीय उपाध्यक्ष खनालको नेतृत्वमा गएको अनुगमन टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्धय श्यामसुन्दर पराजुली ,बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल,सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको थियो ।

≪ Previous Post

आज ऋषि पञ्चमी, अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

Next Post ≫

पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र जिल्ला अस्पतालका डाक्टर सहित समुदायका २९ जनामा कोरोना पुष्टि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क