Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ मा २४ घण्टामा १५ को मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा २४ घण्टामा १५ को मृत्यु

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७७ · 0
प्रदेश ५ मा २४ घण्टामा १५ को मृत्यु
80
SHARES
ShareTweet

बुटवल ३ भाद्र
वितेको २४ घण्टामा प्रदेश ५ मा विभिन्न घटनामा परि १५ जनाले ज्यान गुमाएका छन । प्रदेश ५ को प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलवार अपरान्ह देखि बुधवार अपरान्ह सम्ममा प्रदेशमा झुडिएर ९ जना पानीमा डुवेर ३ जना विष सेवन, ककरेन्ट लागेर र टिप्परको ठक्करवाट एकएक जना गरि १५ जनाको ज्यान गएको छ । कोरोना महामारी फैलिएसंगै मानिसमा आत्म हत्या गर्नेको संख्या पनि बढदै गएको छ ।
प्रहरीका अनुसार दाङ जिल्ला राप्ती गाउपालिका १ पाखापानी स्थित पुर्व पश्चिम राजमार्गमा बा ५ ख १४५ नं.को टिप्परले सोही स्थान वस्ने.राम बहादुर.कुमालको छोरा बर्ष ७ को बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।, टिप्पर र चालक ई.प्र.का.भालुवाङले नियन्त्रणमा थप अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तु बाणगंगा न.पा.९ भर्लावास बस्ने वर्ष २० कि प्रर्मिला सापकोटाले आफ्नै घरको माथिल्लो तलामा रहेको टिनको छानामा झुण्डिएर आत्म हत्या गरेकी छन । घरको काठको वलोमा झुण्डि आत्म हत्या गरेको सम्बन्धमा ईलाका प्रहरी कार्यालय.पिपरा कपिलवस्तुबाट थप अनुसन्धान भई रहेको छ । त्यसैगरि कपिल्बस्तु नगरपालिका ९ शितलापुर घर भइ रुपन्देही बुटवल उप.म.न.पा.३ ज्योतिनगर कोठा भाडा लिइ बस्ने बर्ष १८ को अमृत पासिले विष सेवन गरि आत्म हत्या गरेका छन । सल्फास नामक बिषादि सेबन गरी अचेत रहेका उनको उपचारको लागि प्रादेशिक अस्पताल लुम्बिनी बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोे ।
रुपन्देही तिलोत्तमा न.पा १४ बाग्दुरा बस्ने बर्ष अ.१९ को मिथुन कहारले आफ्नै घरदेखी ७ सय मिटर दक्षिण तर्फ रहेको निमको रुखमा झुण्डिएर आत्म हत्यागरेका छन । त्यस्तै तिलोत्तमा नगरपालिका ११ गणेशनगर स्थित बर्ष ६२ को मान बहादुर कुमालले आफ्नै घरको कोठा भित्र फलामको पाईपमा झुण्डिएर आत्म हत्या गरेका छन ।

त्यस्तै रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.११ चिरपुरवा वस्ने वर्ष १६ की बालिकाले आफ्नो घरदेखी पश्चिममा रहेको वगैचाको रुखमा झुण्डी आत्म हत्या गरेकी छन ।घटनाको सम्बन्धमा ई.प्र.का.लुम्विनीबाट थप अनुसन्धान भईरहेको छ ।
त्यस्तै रुपन्देहीकै मर्चवारी गा.पा.६ भिलरहवा बस्ने बर्ष २६ को उमेश कुर्मीको श्रीमती बर्ष २५ की सिमा कुर्मी आफ्नै घरको सुत्ने कोठाको सिलिङ पंखामा झुण्डिएर आत्म हत्या गरेकी छन ।
घटनाको बारेमा ई.प्र.का.मर्चवारले थप अनुसन्धान गरिरहेको छ ।
नवलपरासी सुनवल न.पा.७ चारपाला बस्ने राजेन्द्र परियारको छोरा बर्ष ३ को नाबालक साथीहरु संग माछा मार्न गड्यौला खन्न भनी गएको अवस्थामा खोलामा डुबी मृत्यु भएको छ ।
घरदेखी अन्दाजी २ सय मिटर उत्तरमा रहेको कचेरा खोलामा डुबी अचेत अवस्थामा उपचारको लागी लुम्बिनी प्रारदेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्यूठान नगरपालिका २ हरिखोला बस्ने बिष्णु सिंहको छोरा बर्ष २१ को बिपिन सिंहले आफ्नै घरको कोठाभित्र सिलिङ पंखामा झुण्डीएर आत्म हत्या गरेको छ ।
बर्दिया गेरुवा गा.पा.६ सोनाहाफाँटा बस्ने बर्ष अ.२१ को शंकर सुनार आफ्नै घरको सुत्ने कोठाको धरी वलोमा झुण्डीएर आत्म हत्या गरेको छ ।
घटनाको सम्बन्धमा ई.प्र.का.पाताभार बर्दियाबाट थप अनुसन्धान भई रहेको छ ।
त्यस्तै बर्दिया ठाकुरबाबा न.पा.५ धोङरहवा स्थित बबई सिचाई नहरको कुलोमा माछा मार्न प्रयोग गरिने ढरियामा शिशु (केटो) फेला मृत्य फेला परेको प्रहरीले जनाएको छ ।ई.प्र.का.बग्नाहा बर्दियाबाट थप अनुसन्धान भई रहेको छ ।
गुल्मी मदाने गा.पा.३ सिम बस्ने ओम बहादुर कुँवरको छोरा बर्ष २५ को सुनिल कुँवर आफ्नै घरको माथिल्लो तलाको आफु सुत्ने कोठाको बलोमा झुन्डी आत्म हत्या गरेका छन ।
घटनाको सम्बन्धमा ई.प्र.का.पुर्कोटदह गुल्मीबाट थप अनुसन्धान भई रहेको छ ।
बाँके बैजनाथ गा.पा.६ एच गाँउ बस्ने बर्ष अं.७२ को गगन सिंह रावलले आफ्नै घरको छेउमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । हाँगा काट्ने क्रममा लाईनको तारमा सट हुन गई करेन्ट लागी घाईतेभई उपचारको लागि मेडिकल कलेज कोहलपुरमा पुराउदै गर्दा मृत्यु भएको ई.प्र.का.कोहलपुर बाँकेबाट थप अनुसन्धान भई रहेको छ ।
बाँके डुडुवा गा.पा.१ स्थित डुडुवा खोलामा नेपालगंज उ.म.न.पा.१७ बस्ने बर्ष ४३ को सनत बागवान माछा मार्न गएकोमा एक्कासी बेहोस भई भुईमा लडेको र उपचारको लागि भेरी अस्पताल नेपालगंजमा लगिएकोमा चिकित्सले मृत्यु घोषणा गर्नु भएको थियो ।
पाल्पा रामपुर न.पा.८ पिपलचौर बस्ने चोलाकान्त कुमालको छोरा बर्ष २० को बिष्णु कुमालले आफ्नै घरको सुत्ने कोठाको दलिनमा झुण्डिएर आत्म हत्या गरेका छन । घटनाको सम्बन्धमक ई.प्र.का.रामपुर पाल्पाबाट थप अनुसन्धान भई रहेको प्रदेश ५ का प्रहरी प्रवक्ता राज कुमार वैदवारद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

≪ Previous Post

११ वर्षमा डिजाईन परिर्वतनगरि पुरा हुने भो मणिग्राम जोडने पुल

Next Post ≫

४९ जना एसपीको सरुवा रुपन्देहीमा पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क