Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ११ वर्षमा डिजाईन परिर्वतनगरि पुरा हुने भो मणिग्राम जोडने पुल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

११ वर्षमा डिजाईन परिर्वतनगरि पुरा हुने भो मणिग्राम जोडने पुल

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७७ · 0
११ वर्षमा डिजाईन परिर्वतनगरि पुरा हुने भो मणिग्राम जोडने पुल
100
SHARES
ShareTweet

बुटवल ३ भाद्र
नेपाली कांग्रेसका प्रभावशाली नेता वालकृष्ण खांणले २०६४ सालको निर्वाचनमा पुल अभावको असर नराम्रो संग व्यहोरनु परयो ।
तत्कालिन समयमा क्षेत्र न ३ मा रहेको खांणको निर्वाचन क्षेत्र तिनाउ वारी पारि दुवै तर्फ थियो । जस अन्तरगत तिनाउ पारिका ७ गाविस तथा तिनाउ वारीका ४ गाविस गरि ११ गाविस उहाँको निर्वाचन क्षेत्र थियो ।
जसमा तिनाउ पारिका सेमलार ,खडगवनगाई ,फसार्टिकर , मानपकडी, अमुवा,हर्नैया र दायनगर थिए भने वारीका शंकरनगर, आनन्दवन, करहैया र टिकुलीगढ थिए । चुनावका वेला समयमो महत्व कति हुन्छ भन्ने कुरा नेता खाँणले रामैंसंग बुझेका थिए तर पुर्वाधारको अभावमा उहाँले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग जांदा कि त बुटवल भएर पारि जानु पर्दथ्यो कि त भैरहवा पुगेर जानु पर्ने वाध्यता थियो ।
उहाँले त्यस क्षेत्रका जनताको दैनिक कठिनाई पनि राम्रोसंग बुझे र प्रण गरे कि चुनाव जिते पनि नजिते पनि मणिग्राम मोतिपुर पुल निमार्ण गरेरै छाड्ने । उहाँको पुल निमार्णको सपनालाई वल पुग्ने गरि चुनाव जिते र मन्त्री पनि हुनु भयो ।
तर सरकार सहमतिको भएका कारण उहाँले आफु सिंचाई मन्त्री भएपनि तत्कालिन भौतिक योजना मन्त्री विजय गच्छदारले आफ्नो निर्वाचन क्षेत्र सुनसरीमा पुलको योजना पुराउनु भएको थियो तर नेता खांणको आफ्नै निर्वाचन क्षेत्रको पिडा सुनेपछि तत्कालिन मन्त्री गच्छदारले रुपन्देहीको मणिग्रामका लागि पुलको योजना दिनु भएको हो ।
बजेट योजनासहित २०६७ सालमा नेता खांणले आफ्नै उपस्थितीमा पुल निमार्णका काम अघि बढाउनु भयो । ईन्जिनियरिंङ रुपमा पुलको डिजानमा समस्या देखिएपछि पुल शिलन्याश भएको लामो समयसम्म पनि अघि बढ्न सकेन । पुलको एकातर्फको पिलरमा चट्टान भएपछि त्यसको निमार्ण रोकियो । यो विषयमा नेता खाणले पुलचोक ईन्जिनियरिङ कलेमा पुगेर विज्ञहरुसंग धेरै पटक छलफल र संवाद गर्नु भयो ।
त्यसको फलस्वरुप पुलको डिजाईन नै परिर्वतन गरियो । पुल निमार्णको जिम्मेवारीमा रहेको सडक डिभिजन बुटवलका एक जना ईन्जिनियरले विगतमा वेल फाण्उडेसन सिष्टमको डिजाईन भएको र अहिले पाइल सिष्टमको डिजाईमा रुपान्तरण गरि काम शुरु गरिएको बताउनु भयो ।
विगत १० वर्षसम्म निमार्णका लागि कस्तो मोडल तयार पर्ने भन्ने विषयमा विज्ञहरुले निर्णय दिन नसक्दा काम अघि बढ्न ढिलो भएको हो । पछिल्लो समयमा राजनितिक दवावसमेत वढेपछि डिजाईन परिर्वतन गर्न ईन्जिनियरहरु तयार भएका हुन् । त्यसैले पुरानो डिजाईन अनुसारका केहि संरचना भत्काएर भुगोल अनुसारको डिजाईनमा काम अघि बढाईएको हो । यस्तो डिजाईन यस क्षेत्रमै नौलो भएको पनि बताईएको छ । पुलको एकातर्फको संरचना वने पनि अर्को तर्फको काम फरक डिजाईनमा अघि बढ्न लागेको हो ।
रुपन्दन्देहीको मध्य भागममा रहेको यो क्षेत्रलाई जोड्न उक्त पुल निमार्ण भएसंगै यस क्षेत्रकै महत्वपुर्ण आयोजना बुद्ध सर्कीट सडकले पनि गति लिने भएको छ । खासगरि मणीग्राम गोरकटवा मोतीपुर हुदै फर्साटिकर सडकमा पर्ने यो पु्ल कांग्रेस नेता खाँणको सपना भएपनि यस क्षेत्रको आर्थिक रुपान्तरणका लागि निकै महत्वपुर्ण भौतिक पुर्वाधार बन्ने निश्चित छ ।
तिनाउ नदिका कारण बुटवलसंग जोडिन पश्चिम क्षेत्रको निकै ठुलो घनावस्ती पुलका कारण समिपमा आउने भएपनि स्थानिय पनि निकै हर्सित छन् । सोहि पुल निमार्णसंग नेता खांणले थालेका पत्थरडाडा, योगिकुटी लगायतका कयौं पुल निमार्ण सम्पन्न भएर प्रयोगमा आएपनि मणिग्रामको पुल अलपत्र थियो । अहिले ११ करोड भन्दा वढि लागतमा बन्ने यो पुल अवको एक वर्ष भित्रै पुरा गर्ने लक्ष्यरहेको डिभिजन सडक बुटवलका प्रमुख मेघराज मरासिनीले बताउनु भयो ।

≪ Previous Post

बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने कुशे औंसी

Next Post ≫

प्रदेश ५ मा २४ घण्टामा १५ को मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क