Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम पदार्थको सहज आपुर्ति गर : पेट्रोलियम डिलर्स एशोसिएसन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम पदार्थको सहज आपुर्ति गर : पेट्रोलियम डिलर्स एशोसिएसन

संसारपोस्ट संवाददाता · २ भाद्र २०७७ · 0
पेट्रोलियम पदार्थको सहज आपुर्ति गर : पेट्रोलियम डिलर्स एशोसिएसन
90
SHARES
ShareTweet

बुटवल, २ भदौ । यस क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुने अवस्था आउन लागेको भन्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ ।
अत्यावश्यक सेवा अन्तर्गत पर्ने पेट्रोलियम पदार्थको सहज आपुर्ति र अभाव हुन नदिने वातावरण निर्माण र उचित निकास सहित समस्या समाधानका लागि एशोसिएसनले आयल निगम संग आग्रह गरेको छ ।
एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी पछिल्लो समय नेपाल आयल निगम पाँच नम्वर प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै गत शनिवारदेखि बजार क्षेत्रमा पेट्रोलियम पदार्थको सप्लाई बन्द भएको जनाउनु भएको छ । लुम्विनी अञ्चलका ६ जिल्ला, स्याङ्गजा र वाग्लुुङ सहित ८ जिल्लाका ३११ पेट्रोलपम्पहरुमा पेट्रोलियम पदार्थ सप्लाई गर्दै आएको आयल निगम भलवारीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि संगै पेट्रोलियम पदार्थको सप्लाई वन्द गरिदा पेट्रोलियम पदार्थको अभाव सिर्जना हुने अवस्था देखिएकोले यस्तो अवस्था आउन नदिनका लागि निगमले उचित ब्यवस्थापन गरी पेट्रोलियम पदार्थको अभाव हुन नदिने वातावरण निर्माण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तराईका तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुमा नेपाल आयल निगमको अमलेखगन्ज डिपोवाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सप्लाई दने प्रयाश गरिरहेको भएपनि पहाडी ५ जिल्लामा भने सप्लाईको समस्या देखिएकोले पहाडी जिल्लामा समेत पेट्रोलियम पदार्थको सहज आपुर्ति गर्नुपर्ने विज्ञप्ति मार्फत माग गरिएको छ ।
पहाडी ५ जिल्लामा अमलेखगन्ज डिपोवाट आउने गाडीहरुवाट आपुर्ति गर्न भौगोलिक हिसावले नसकिने र पहाडी जिल्लामा चल्ने ट्याँकरहरुमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ उपलब्ध नगराउदा पहाडी क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुने अवस्था सिर्जना भएकाले यो अवस्था आउन नदिनका लागि विशेष भूमिका निर्वाह गर्न एशोसिएसनले आयल निगम र सम्वन्धित सरोकारवाला निकाएको ध्यानाकर्षण गराएको छ ।
देशमा फैलिरहेको कोरोना संक्रमणको उच्च जोखिम र विषम परिस्थितिका वावजुद यस क्षेत्रका पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक बस्तु अन्तर्गत पर्ने पेट्रोलियम पदार्थ नेपाल आयल निगमसंग समन्वय गर्दै सुरक्षा मापदण्ड अपनाएर विक्री वितरण गर्दै आईहेको अवस्था रहेकाले अहिलेको अवस्थामा कोरोना संक्रमणको जोखिम बाट बच्न उच्च सतर्कता अपनाउदै आफ्नो जिम्मेवारी वहन गर्न एशोसिएसन तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

रुपन्देहीमा मंगलवारदेखि ढुवानी व्यवसाय भाद्र ५सम्म बन्द

Next Post ≫

तिलोत्तमा नगरपालिकामा भदौ ३ देखि भदौ १० सम्म लकडाउन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क