तिलोत्तमा, २९ साउन । तिलोत्तमा नगरपालिकाले आज देखि नगरपालिका कार्यालय तथा मातहतका वडा कार्यालयहरुवाट अत्यावश्यक बाहेकका अन्य सेवाहरु प्रवाह नगर्ने भएको छ ।
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) हाल नगरपालिकाको समुदायस्तरमा समेत देखा पर्न थालिसकेकोले यसलाई थप फैलिन नदिन तथा यसको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न आज साउन २९ गते देखि अगामी भदौ १० गते सम्म को लागि नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु प्रवाह नगर्ने निर्णय गरेको छ ।
यो अवधिमा घर नक्सा सम्वन्धि, राजश्व सम्वन्धि, पञ्जीकरण सम्वन्धि, व्यवसाय÷सहकारी दर्ता एवं नविकरण सम्वन्धि, अत्यावश्यक बाहेकका सबै प्रकारका सिफारिसहरु र शैक्षिक संस्थाहरु सम्वन्धि सम्पुर्ण सेवाहरु प्रवाह नगरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी गराउनु भयो ।
नगरपालिकाले जारी गरेको सूचनामा यसवाट आम सेवाग्राही एवं सरोकारवालाहरु प्रति पर्न गएको असुविधा प्रति नगरपालिका कार्यालय क्षमा प्रार्थी छ भनिएको छ ।
