Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हमालको घरमा भएको तोडफोडको घटनाप्रति तिलोत्तमा उद्योग वाणिज्य संघको विरोध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हमालको घरमा भएको तोडफोडको घटनाप्रति तिलोत्तमा उद्योग वाणिज्य संघको विरोध

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७७ · 0
हमालको घरमा भएको तोडफोडको घटनाप्रति तिलोत्तमा उद्योग वाणिज्य संघको विरोध
100
SHARES
ShareTweet

तिलोत्तमा, २३ साउन । बुटवल उपमहानगरपालिका वडा नं ९ कालिका पथ स्थित खिमबहादुर हमालको नाममा रहेको घर श्रावण २१ गते विहान बुटवल उपमहानगरपालिकाले डोजर लगाई प्रहरी घेराबन्दिमा भत्काएको कार्यप्रति तिलोत्तमा उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनुभएका हमालको विं.सं २०४६ सालमा बुटवल नगर पञ्चायतबाट नक्सा पास गराई घर निमार्ण भएको र आ.व. २०७६÷०७७ सम्मको कर समेत बुटवल उपमहानगरपालिकामा बुझाउदैँ आउनुभएकोमा विना जानकारी एकाएक डोजर चलाएर घर तोडफोड गरेको घटनाको संघले भ्रत्सना गरेको छ ।
तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले बिहिबार प्रेस विज्ञप्ती जारी गरी बुटवल उपमहानगरपालिकाले सडक विस्तार कार्य प्रारम्भ गरे पश्चात घर धनी हमालले घर भत्काउँदा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएपनि नगरपालिकाले वेवास्ता गरेको र क्षतिपूर्तिका लागि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा फैसला समेत नभएको अवस्थामा अचानक घर भत्काउने कार्य निन्दनीय छ भन्नुभएको छ ।
विज्ञप्तिमा सर्वोच्च अदालतमा मुद्धाको पेशी तोकिएकै दिन बुटवल उपमहानगरपालिकाले सर्वोच्च अदालतको समेत मानहानी हुने गरी एउटा व्यक्तिको नैसर्गिक अधिकार समेत हनन हुने गरी गरिएको यस्तो कार्यको घोर विरोेध गर्दछौँ भनिएको छ ।
सम्मानित सर्वोच्च अदालतको गरिमामाथि नै आंच आउने यस्ता गतिविधिले जनमानसमा निराशाको वातावरण श्रजृना गरेको उल्लेख गर्दै विज्ञप्तिमा यसरी कानून विपरित यस्ता क्रियाकलाप नगर्न र पीडितलाई क्षतिपूर्ति प्रदान गरी कानुनी राज्यको सम्मान र पालना गर्न बुटवल उपमहानगरपालिका र स्थानीय प्रशासनसँग माग गरिएको छ ।
यस्तै बुटवल उद्योग बाणिज्य संघले पनि अदालतमा बिचाराधिन मुद्धामा अमानवीय शैलिमा घर भत्काउनु अभिभावकको रुपमा रहेको स्थानीय सरकारले न्यायालयको अपहेलना गर्नुका साथै जनताप्रति संवेदनहिन र बिधिको शासन विरुद्ध काम गरेको उल्लेख गरेको छ । घरमा भएको तोडफोडको घटनाको निष्पक्ष छानविन गर्न, अदालतको आदेश कुर्न र पीडित लाई उचित न्याय दिन संघले माग गरेको छ ।

संघका बरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष खिमबहादुर हमालको घरमा भएको अमानवीय कार्यको छानविन गर्न माग गर्दै डोजर लगाएर भत्काईएको घरको तत्काल उचित मुआब्जा सहित क्षतिपुर्ति प्रदान गर्न र दोषि उपर हदैसम्मको कारवाही गर्न सम्बन्धित निकायमा माग गरिएको छ ।
हमालको उक्त घर सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको र हिजो कै मितिमा पेशी रहेको अवस्थामा पेशीको समय समेत नकुरी एका बिहानै घरमा डोजर लगाउनुले न्यायालयको अपमान र व्यक्तिको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको विज्ञप्तिमा उल्लेख छ ।
अघिल्लो दिन राती मात्र सडक निर्माण समितिका संयोजक तथा नेकपा बुटवल नगर समितिका अध्यक्ष बाबुराम पन्थी र रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी घर सम्वन्धि मुद्धा फिर्ता लिन आग्रह गर्दै हमालको घरमा पुगेको र हमालले सहमतिका लागि मागेको समय सिमा भन्दा अगावै विना पूर्व सूचना एकाविहानै घरमा डोजर लगाउनुले घर परिवारलाई आतंकित पार्ने, घर भत्काई धनमालको समेत क्षति पुर्याउने र प्रतिशोध सांध्ने नियत प्रष्ट रुपमा देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

जापानमा नेपाली गीतले बजार तताउदै शान्ता

Next Post ≫

साईक्लिङसंगै कोरोना बिरुद्ध घरदैलोमा सचेतना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क