बुटवल २३ साउन
जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र शान्ता जि सी को तीज गीत “बाहिर कुरा नगरे सैंले” भर्खर मात्र बजारमा सार्वजनिक भएको छ । निरन्तर तीज मा आफ्नो कोशेली पस्कने शान्ता ले यसपाली माया प्रेममा जोडिएका प्रेमी जोडीहरुको प्रेम कथालाई प्रेमले गीतमा उतारेकी छन ।
गीतमा प्रेम सापकोटा सोनुको लय तथा शब्द सिर्जना गर्नुभएको छ भने आवाज सोनु र शान्ता जिसीको रहेको छ । गीत सार्वजनिक शान्ता जि सीले आफुले यस अघि बजारमा ल्याएका गीतलाई धेरै दर्शक स्रोताले मन पराइदिनु भएकोले पछिल्लो यो गीतलाई पनि सबैले अझ मन पराउनुहुनेछ भन्नेमा आशावादी रहेको बताएकी छिन ।
तिजको बेला आफ्नो परम्परा र सांस्कृतिकलाई जोगानउको लागी भएपनि तिज गीत बजारमा लिएर आएका छौ ।
शान्ताले सबैले एकपटक हेरेर राम्रो नराम्रो आआफ्नो प्रतिकृया दिन हार्दिक आग्रह समेत गरेकी छिन ।
सार्बजनिक गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई प्रकाश धमलाले सम्पादन गर्नुभएको भने सुरेश श्रेष्टले छायाकंन गर्नुभएको छ । गीतलाई अहिलेकी ख्यातीप्राप्त चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन ।
अहिलेका चर्चित मोडल चक्र बम र नृत्यांगना अञ्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ । भने गीतलाई प्रेम साप्कोटा सोनुको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
