Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दुर्घटना न्यूनिकरणका लागि प्रहरी र यातायात व्यवसायीबिच सहकार्य आवश्यक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्घटना न्यूनिकरणका लागि प्रहरी र यातायात व्यवसायीबिच सहकार्य आवश्यक

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७७ · 0
दुर्घटना न्यूनिकरणका लागि प्रहरी र यातायात व्यवसायीबिच सहकार्य आवश्यक
90
SHARES
ShareTweet

बुटवल, २३ साउन । दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबिच सहकार्य आवश्यक रहेको एक कार्यक्रममा वोल्ने सरोकारवालाले बताएका छन् ।
प्रदेश पांँचमा दुर्घटना बढेको र प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै उनीहरुले प्रहरी र व्यवसायी सहकार्य गरेर अगाडी बढेमा समस्या समाधानमा सहजता हुने बताएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले बिहिबार आयोजना गरेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलमा नव आगन्तुक प्रहरी प्रमुखहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागि सरोकारवालाले प्रहरी र यातायात ब्यवसायी बिचको सहकार्यमा जोड दिएका हुन् ।
कार्यक्रममा पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक डम्बर बहादुर विकले शान्ति सुरक्षासंगै ट्राफिक व्यवस्थापनमा नागरिक समाज र व्यवसायी संघसस्थाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । उहांँले प्रदेशका सबै यातायात व्यवसायीहरुसंग सहकार्य र समन्वय गरी प्रदेशको ट्राफिक व्यवस्थापन र ओभरलोड नियन्त्रणका लागि कार्ययोजना बनाएर अगाडी बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डेले भारतीय मालवाहक गाडीहरुले बोक्ने ओभारलोडका कारण नेपालका राजमार्गहरु जीर्ण बन्दै गएको र यातायात व्यवसायीको व्यवसाय चौपट भएको भन्दै ओभरलोड नियन्त्रणका लागि सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठौरले सवारी दुर्घटना न्यूनीकरणका लागि गुडिरहेको अवस्थामा सवारी साधन विग्रिदा सडकबाट सुरक्षित स्थानमा पार्किङ गराउनेतर्फ व्यवसायीहरु सचेत हुन जरुरी रहेको औल्याउनुभयो ।
पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले छाडाचौपाया यस क्षेत्रका लागि विकराल समस्या देखिएकाले स्थानीय तहहरुले त्यसको व्यवस्थापनका लागि कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र महासचिव जीतबहादुर भाटले सवारी दुर्घटना तथा ओभरलोड बोकेका सवारी साधनहरुलाई कसैको दवावमा परेर यथार्थता भन्दा फरक तरिकाले अनुसन्धान नगर्न प्रहरी प्रसाशनलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष टिकाराम गौतम, समितिका उपाध्यक्षद्वय डिल्ली रिजाल, खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरिप्रसाद रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले ओभरलोड नियन्त्रणका लागि प्रहरी प्रसाशनको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

≪ Previous Post

अदालतकै मानहानी हुने गरी मेरो घरमा अन्यायपुर्ण तरिकाले डोजर चलाईयो : हमाल

Next Post ≫

जापानमा नेपाली गीतले बजार तताउदै शान्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क