Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अदालतकै मानहानी हुने गरी मेरो घरमा अन्यायपुर्ण तरिकाले डोजर चलाईयो : हमाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अदालतकै मानहानी हुने गरी मेरो घरमा अन्यायपुर्ण तरिकाले डोजर चलाईयो : हमाल

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७७ · 0
अदालतकै मानहानी हुने गरी मेरो घरमा अन्यायपुर्ण तरिकाले डोजर चलाईयो : हमाल
120
SHARES
ShareTweet

बुटवल, २२ साउन । सर्बोच्च अदालतमा मुद्धा विचाराधिन रहेकै अवस्थामा अदालतकै मानहानी हुने गरी बुटवल उपमहानगरपालिकाले आफ्नो घरमा अन्यायपुर्ण तरिकाले डोजर लगाएर अन्याय गरेको बुटवल ९ निवासी खिमबहादुर हमालले बताउनु भएको छ ।
पूर्व सूचना र जानकारी विनै सबै परिवार घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान ६ बजे परिवारलाई घर बाहिर निस्कन समेत नदिई बुटवल उपमहानगरपालिकाले मानवता बिरोधी काम गरेको हमालले बताउनु भयो । अमानविय रुपमा गरिएको यस्तो घटनाले नागरिकको नैसर्गिक अधिकारको समेत हनन भएको र घरकै विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्धा बिचाराधिन रहेको अवस्थामा एकाएक घरमा डोजर चलाउनुले बुटवल उपमहानगरपालिकाले अदालतको समेत मानहानी गरेको हमालले आरोप लगाउनु भयो ।
घटनाको बिषयलाई लिएर हमालले आज बुटवलमा गर्नुभएको पत्रकार सम्मेलनमा बोल्दै पीडित हमालले आफूले सबै प्रकृया र मापदण्ड पूरा गरी खरिद गरेको जग्गामा निर्माण गरेको घर भत्काईनु मानवता विरोधि काम भएको बताउनु भयो । उहांले सबै कानुनी प्रक्रिया पुरा गरी निर्माण गरिएको घर बुटवल उपमहानगरपालिकाले जोर जवर्जस्ति भत्काएकाले सोको क्षतिपूर्ति माग गर्नु आफ्नो अधिकार भएको उहांले बताउनु भयो । अदालतले आफ्नो पक्षमा वा विपक्षमा निर्णय गरेपनि अदालतको निर्णयलाई स्वीकार गर्ने र सडक विस्तारको आफु विरोधि नभएको भन्दै पीडित हमालले सबै कानुनी प्रक्रिया पुरा गरी निर्माण गरिएको घरको बैकल्पिक ब्यवस्थाका लागि उपमाहानगरपालिका संग पटक पटक आग्रह गर्दा समेत कुनै सम्बोधन नभएकाले आफु न्यायको खाजीका लागि अदालत पुग्नु परेको हमालले वताउनु भयो । पीडित हमालले आफू सडक बिस्तारको बिरोधी नभएको र सो रुपमा आफुलाई चित्रण नगर्न समेत उहांले पत्रकारहरुलाई आग्रह गर्दै न्यायका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।
घटनाको निष्पक्ष छानविन गर्न माग
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिका वडा नं. ९ निवासी खिमबहादुर हमालको घरमा बुटवल उपमहानगरपालिकाले डोजर लगाई भत्काएको घटना प्रति तिलोत्तमा उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले उक्त घटनाको निष्पक्ष छानविन गर्न, अदालतको आदेश कुर्न र पीडित लाई उचित न्याय दिन माग गरेको छ ।
तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले बिहिबार प्रेस विज्ञप्ती जारी गरी अदालतमा बिचाराधिन मुद्धामा अमानवीय शैलिमा घर भत्काउनु अभिभावकको रुपमा रहेको स्थानीय सरकारले न्यायालयको अपहेलना गर्नुका साथै जनताप्रति संवेदनहिन र बिधिको शासन विरुद्ध काम गरेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा अमानवीय कार्यको छानविन गर्न माग गर्दै डोजर लगाएर भत्काईएका घरधनीलाई तत्काल उचित मुआब्जा सहित क्षतिपुर्ति प्रदान गर्न र दोषि उपर हदैसम्मको कारवाही गर्न सम्बन्धित निकायमा माग गरिएको छ ।
हमालको उक्त घर सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको र हिजो कै मितिमा पेशी रहेको अवस्थामा पेशीको समय समेत नकुरी एका बिहानै घरमा डोजर लगाउनुले न्यायालयको अपमान र व्यक्तिको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको विज्ञप्तिमा उल्लेख छ ।
अघिल्लो दिन राती मात्र सडक निर्माण समितिका संयोजक तथा नेकपा बुटवल नगर समितिका अध्यक्ष बाबुराम पन्थी र रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी घर सम्वन्धि मुद्धा फिर्ता लिन आग्रह गर्दै हमालको घरमा पुगेको र हमालले सहमतिका लागि मागेको समय सिमा भन्दा अगावै विना पूर्व सूचना एकाविहानै घरमा डोजर लगाउनुले घर परिवारलाई आतंकित पार्ने, घर भत्काई धनमालको समेत क्षति पुर्याउने र प्रतिशोध सांध्ने नियत प्रष्ट रुपमा देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

मानवसेवा आश्रमद्वारा वेवारिसे दुई बृद्धको उद्धार

Next Post ≫

दुर्घटना न्यूनिकरणका लागि प्रहरी र यातायात व्यवसायीबिच सहकार्य आवश्यक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क