काठमाण्डौ, २१ साउन । सरकारले काठमाडौं उपत्यका र २०० जना भन्दा बढी सक्रिय कोरोना (कोभिड–१९)संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा वाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ ।
भोलिदेखि लागुहुने गरी सार्वजनिक तथा निजी सवारी साधनहरु जोर विजोर नम्वरका आधारमा मात्र सञ्चालन गर्ने र २०० भन्दा बढि सक्रिय कोरोना संक्रमित भएका वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र समेत वेलुका ९ वजेदेखि विहान ५ वजेसम्म आवागमन समेत वन्द गरिने छ ।
कोभिड–१९ को संक्रमणको जोखिम विष्लेषण गरी जोखिम वढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त वन्द गर्ने र कोभिड–१९ को थप परीक्षणको ब्यवस्था मिलाउने गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल सरकारको निर्णय वमोजिम आगमन अनुमति पाएका व्यक्ति वाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ निषेध गर्ने उल्लेख छ । होटल, रेष्टुरेण्टमा हुने सामुहिक भोज, पार्टी, सेमिनार वा अन्य सामुहिक भेला जस्ता कार्यलाई पनि निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण वढ्दै गएको वर्तमान अवस्थामा सो को रोकथाम र नियन्त्रणका लागि माथि उल्ल्ेखित निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने आवश्यक ब्यवस्था हुन सबै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने तथा जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने ब्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारवाही गरिने छ ।
