Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0
भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु
100
SHARES
ShareTweet

काठमाण्डौ, २१ साउन । सरकारले काठमाडौं उपत्यका र २०० जना भन्दा बढी सक्रिय कोरोना (कोभिड–१९)संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा वाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ ।
भोलिदेखि लागुहुने गरी सार्वजनिक तथा निजी सवारी साधनहरु जोर विजोर नम्वरका आधारमा मात्र सञ्चालन गर्ने र २०० भन्दा बढि सक्रिय कोरोना संक्रमित भएका वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र समेत वेलुका ९ वजेदेखि विहान ५ वजेसम्म आवागमन समेत वन्द गरिने छ ।
कोभिड–१९ को संक्रमणको जोखिम विष्लेषण गरी जोखिम वढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त वन्द गर्ने र कोभिड–१९ को थप परीक्षणको ब्यवस्था मिलाउने गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारको निर्णय वमोजिम आगमन अनुमति पाएका व्यक्ति वाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ निषेध गर्ने उल्लेख छ । होटल, रेष्टुरेण्टमा हुने सामुहिक भोज, पार्टी, सेमिनार वा अन्य सामुहिक भेला जस्ता कार्यलाई पनि निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण वढ्दै गएको वर्तमान अवस्थामा सो को रोकथाम र नियन्त्रणका लागि माथि उल्ल्ेखित निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने आवश्यक ब्यवस्था हुन सबै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने तथा जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने ब्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारवाही गरिने छ ।

≪ Previous Post

कृषिक्षेत्रको विकाशका लागि सरकारी सम्बोधन नगण्य

Next Post ≫

मानवसेवा आश्रमद्वारा वेवारिसे दुई बृद्धको उद्धार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क