Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषिक्षेत्रको विकाशका लागि सरकारी सम्बोधन नगण्य
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषिक्षेत्रको विकाशका लागि सरकारी सम्बोधन नगण्य

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0
कृषिक्षेत्रको विकाशका लागि सरकारी सम्बोधन नगण्य
60
SHARES
ShareTweet

तिलोत्तमा, २१ साउन । कृषिक्षेत्रको विकाशका लागि किसानहरू जागृत भैरहँदा पनि सरकारी सम्बोधन नगण्य भएको सोमबार रूपन्देहीको कान्छीबजारमा आयोजित “उत्पादनका लागि उत्प्रेरणा” कार्यक्रमका सहभागि बताएका छन् ।
तिलोत्तमा नगरपालिका वार्डनम्बर–१० शान्तिनगरमा स्वतस्फूर्त रूपमा धानखेतमा माछापालक कृषक समूहसँग गरिएको सम्वाद कार्यक्रमका सहभागिले यस्तो निष्कर्ष निकालेका हुन् ।
गाईवस्तुका लागि मकैको बोटबाट बनाइने गुन्द्रुक उत्पादक “उत्तम साइलेज कम्पनी” को सहकार्यमा सञ्चालित “समृद्धिका लागि उत्पादन, उत्पादनका लागि सम्वाद” कार्यक्रममा सहभागिहरुले संघीय, प्रदेश र स्थानीय सरकारले कृषिक्षेत्रलाई वास्तवमै उठान गर्न नसकिरहेको बताए ।
करोडौं रकमका विविध सुविधा भोग्ने तीनवटै सरकारका कृषि विभागले साधारण कृषि औजार, प्रशिक्षण र कृषि सामाग्री समेत निकासा गर्न नसकेको उनीहरुले टिप्पणि गरे ।
धानखेतमा माछापालक समूहका अध्यक्ष रामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता डा. दामोदर भूसालले जनसेवकहरूका व्यवहार सामन्ती चिन्तनबाट ग्रसित भएको भन्दै त्यसलाई परिवर्तन गर्न किसानहरू नै जाग्नुपर्ने बताउनुभयो । सरकारले जारी गर्ने नीति तथा कार्यक्रम सरोकारवाला किसानहरूको सहभागिता र संवादसहित आउनुपर्नेमा त्यस्तो नहुँदा सरकारका कार्यक्रम प्रभावहीन भएको उहांले बताउनुभयो ।
सो अवसरमा उत्तम साइलेज कम्पनीका प्रोप्राइटर भेषराज पाण्डेले मकैखेती गर्ने तरिका, त्यसबाट हुने उपयोगिता र अधिक नाफा आर्जनको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
माछापालक समूहका सचिव शिव ढकालको सञ्चालनमा भएको कार्यक्रममा उत्प्रेरणा प्रशिक्षक मुक्तिनाथ गैह्रेले समय र प्रविधिको सदुपयोगबाट कृषिमा पनि धेरै मुनाफा आर्जन गर्न सकिने बताउनुभएको थियो ।
भौतिक दुरी र सुरक्षा सतर्कता सहित स्थानीय अगुवाहरू गोपालप्रसाद घिमिरे, घनसिंह पुन, कृष्णबहादुर श्रेष्ठ, सञ्चारकर्मी भरत प्रधान, साइलेज कम्पनीका सञ्चालकहरू कृष्ण गैरे, रूपेश पाण्डे लगायत कार्यक्रममा ३७ जना कृषकहरूको सहभागिता रहेको थियो ।

≪ Previous Post

पुर्वाञ्चलका होटलका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

Next Post ≫

भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क