Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सर्वोचमा पेशीकै दिन बुटवल उपमहानगरपालिकाले सुरक्षा घेरामा कालिका पथका १२ घरमा डोजर चलायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सर्वोचमा पेशीकै दिन बुटवल उपमहानगरपालिकाले सुरक्षा घेरामा कालिका पथका १२ घरमा डोजर चलायो

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0
सर्वोचमा पेशीकै दिन बुटवल उपमहानगरपालिकाले  सुरक्षा घेरामा कालिका पथका १२ घरमा डोजर चलायो
140
SHARES
ShareTweet

बुटवल,२१ साउन
बुटवल उपमहानगरपालिकाले वडा नं ९ र ११ मा पर्ने कालिकापथ सडक क्षेत्रका १२ घरमा सुरक्षा घेराबन्दीमा बलप्रयोग गरी डोजर लगाएर भत्काइदिएको छ ।
कालिकापथ सडकलाई ८२ फुटको बनाउने योजना अनुरूप उपमहानगरपालिकाले क्षेत्राधिकार भित्र पर्ने संरचनामा डोजर लगाएर भत्काइदिएको हो ।
बुटवल उपमहानगरपालिकाले बुधवार बिहानै प्रहरीको सहयोगमा सडक किनारका घरहरूमा डोजर चलाएको हो । उक्त सडकमा घर रहेकाकेही घर धनीले बुटवल उपमहानगरलाई विपक्षीमा पारी उचित मुआब्जाको माग गदै गत असार ३० गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।
सर्वोच्चले यही साउन १३ गते सुनुवाई गर्ने भने पनि कोभिड १९ को कारण देखाउँदै बुधबार आजका लागि पेसी सारी सुनुवाईमा बोलाएको थियो । सर्वोच्च अदालतले पेशी तोकेकै दिन प्रहरी लगाएर घरमा डोजर चलाएको हो । बुटवलको आन्तरिक बाइपास सडकका रुपमा विकास गर्न लागिएको कालिकापथ सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि डोजर चलाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनु भयो । यही भाद्र मसान्त भित्र नाली निर्माणका सबै काम सक्नु पर्ने भएको हुँदा कामलाई तीव्रता दिनका लागि अवरोधका बीच पनि घरहरु भत्काइएको हो ।
घर भत्काउनुपूर्व मँगलबार साँझनै सबैलाई जानकारी गराइएको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको प्रवक्ता रेग्मीले बताउनु भयो ।
बुधबार बुटवल उपमहानगरले बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालको घर पनि भत्काएको छ । सडक क्षेत्रभित्र पर्ने भएपछि एकाविहानै डोजर चलाएर उहाँको घर भत्काइएको हो । संघका अध्यक्ष हमालले दिउसो सुनुवाई हुने भएपनि बुटवल उपमहानगरले नियम विपरित विहानै आफ्नो घरमा डोजर चलाइएको बताउनु भयो ।
आफ्नो २० हातमा बनेको घर सडक विस्तार गर्दा १६ हात भत्काउनु पर्ने भएपछि बुटवल उपमहानगरलाई विपक्षीमा पारी उचित मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।
प्रदेश सरकारसँगको सहकार्यमा बिस्तार गर्न लागिएको सो सडक काम सम्पन्न गर्न तीन वर्ष लाग्ने र झण्डै एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।
उता प्रदेश सरकारले भने घर जग्गाको मुआब्जा दिएर सडक बिस्तार गर्न नसकिने बताउदै आएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न तीन वर्ष लाग्ने र झण्डै एक अर्ब खर्च हुने उल्लेख छ ।

≪ Previous Post

५२ बोरा केराउ सहित टेक्टर र ३ जना कारोवारी प्रहरी नियन्त्रणमा

Next Post ≫

पुर्वाञ्चलका होटलका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क