दाङ १९ साउन
दाङमा करेन्ट लागेर दुई दाजुभाईको मृत्युभएको छ भने बुवा गम्भिर घाईते भएका छन् । घोराही उपमहानगरपालिका १ बलाजुरे निबासी ३७ बर्षिय दिलबहादुर रावतका छोराहरु १४ बर्षका विरबल रावत र १० बर्षका चेतबहादुर रावतको करेन्ट लागेर मृत्युभएको हो । दिलबहादुर पनि गम्भिर घाईते हुनुभएको छ ।
मकै बारीमा बदेल मार्नका लागि विच्छाईएको विजुलीको तारमा परेर दुई बालकको मृत्युभएको हो । मकै लिन बारीमा गएका बालक तार नदेखेका कारण उनिहरुलाई करेन्ट लागेर घटना स्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।
चेतवहादुर पहिले विद्युतिय धरापमा परेपछि उनका दाजु विरबल भाईलाई तान्न गएका बेला उनलाई पनि करेन्ट लागेको र बाुवापनि निकाल्न जाँदा दुई छोराको मृत्यु र बुवा गम्भिर घाईते भएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो । चिच्याएको थाहा पाए पछि दिलबहादुरकी श्रीमतिले तार छुटाई दिएका कारण दिलबहादुरको ज्यान बचेको प्रहरीको भनाई छ । मकैबाली बदेलले खाएर नष्ट गर्न थालेपछि रातीमा करेन्ट छोडेको र बिहान स्विच अफ नगरी बारीमा गएका बेला करेन्ट लागेको प्रहरीले बताएको छ । घाईते चेतबहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।