Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गैडहवा गाउँका १ सय ८० बिपन्न परिवारलाई जस्तापाता बितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गैडहवा गाउँका १ सय ८० बिपन्न परिवारलाई जस्तापाता बितरण

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
गैडहवा गाउँका १ सय ८० बिपन्न परिवारलाई जस्तापाता बितरण
90
SHARES
ShareTweet

बुटवल १९ साउन
रुपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिव १ सय ८० घर परिवारहरुलाई जस्तापाता बितरण गरिएको छ ।
मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई टिनको छानो बनाउने कार्यक्रम अन्तर्गत गैडहवा गाउपालिकाका १ सय ८० बिपन्न घरपरिवारहरुलाई प्रति परिवार १०।१० थान जस्तापाता बितरण गरिएको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमका सहजकर्ता घनश्याम तिवारीले जानकारी दिनु भएको छ ।
फुसको छानो भएका बिपन्न घरपरिवारहरुलाई सम्बोधन गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले गैडहवा गाउपालिकाकालाई फुसको छानोमुक्त गाउपालिका बनाउने गाउपालिकाको लक्ष्यलाई मुर्तरुप दिन मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमले महत्वपुर्ण सहयोग गरेको बताउनु भयो ।
उहाँले यस कार्यक्रमले गैडहवा गाउपालिकाका फुसको छानो भएका बिपन्न घरपरिवारहरुलाई निकै राहत दिने र आफ्नो घरमा भएको फुसको छानो हटाईे जस्तापाताले छाउनु पर्ने बताउनु भएको छ ।
आगामी बर्षमा अन्य बिपन्न परिवारहरुको घरलाई पनि जस्तापाताले छाएर फुसको छानो मुक्त पालिका बनाइने उहाँले बताउनु भयो ।
उपाध्यक्ष सुभावती यादवले स्थानिय तहमा जननिर्वाचित जनप्रतिनीधि गठन भएपछि गैडहवा गाउपालिकामा भएका फुसको छानो हटाउने गाउपालिकाकोे सपनालाई साकार बनाउनमा हरेक जनप्रतिनीधि र बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।
आ.व. २०७६।०७७ को बजेटबाट जस्तापाता खरिद गर्नका लागि बनेको उपभोक्ता समितिका संयोजक महादेव पौडेलले पालिकाका ९ वटै वडाहरुवाट प्रति वडा २० बिपन्न घरपरविारहरुको छनौट गरी जस्तापाता बितरण गर्न सुझाव द्रिएको बताउनु भयो ।
वडा नं. १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीको अध्यक्षतामा भएको जस्तापाता बितरण कार्यक्रमको सहजीकरण गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले गर्नु भएको थियो ।

≪ Previous Post

पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि :सेना, प्रहरी र पत्रकार पनि संक्रमित

Next Post ≫

बिप्लव समुहका रुपन्देही सेक्रेटरी अमरद्धारा पार्टी परित्याग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क