काठमाण्डौ, १९ साउन । पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सेना, प्रहरी र पत्रकारसहित ७३ जना रहेका छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।
विरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनका अनुसार संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेका छन् ।
संक्रमित हुनेमा सेनाका एक जना, प्रहरीका दुई जना र पत्रकार एक जना छन् । अन्य संक्रमितहरुमा विरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् ।
जिल्लामा संक्रमितको संख्या संगै मृतकको संख्या पनि बढ्न थालेको छ । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।