Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थ बालगृहमा राइजिंग क्लब सिद्धार्थनगरको सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थ बालगृहमा राइजिंग क्लब सिद्धार्थनगरको सहयोग

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७७ · 0
सिद्धार्थ बालगृहमा राइजिंग क्लब सिद्धार्थनगरको सहयोग
60
SHARES
ShareTweet

भैरहवा, १६ साउन । राइजिंग क्लब नेपाल, सिद्धार्थनगर १२, भैरहवा रुपन्देहीले लुम्बिनी रोडमा रहेको सिद्धार्थ बालगृहलाई सहयोग गरेको छ । क्लबले साउन १५ गते खीर दिवसको अवसर पारेर बालगृहमा रहेका बालबालिकासँग सामूहिक भोजन समेत गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले जानकारी दिनुभयो ।
क्लबले बालगृहलाई १२ थान झुल, केही आर्थिक सहयोग र बालबालिकालाई चकलेट वितरण गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारीले सामाजिक क्षेत्रमा क्लबको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । उहांले यस्ता सामाजिक संस्थाको सानो सहयोगबाट बालबालिकाको पठनपाठन र जीवन यापनमा ठूलो योगदान पुग्ने बताउँदै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सिद्धार्थनगर १२ का वडा सदस्य सरोज ठकुरीले संघसंस्थाको सहयोगबाट चलेको बालगृहमा आएर सामूहिक भोजनका साथै सहयोग गर्ने क्लब परिवारप्रति विशेष आभार व्यक्त गर्नुभयो ।
बालगृहकी संचालक कृष्णामाया गुरुङले यस्ता धेरै संघसंस्थाको सहयोगबाट नै आफूलाई संस्था संचालनमा टेवा पुगेको बताउनुभयो । उहांले अन्य स्रोत केही नभएकाले विशुद्ध सामाजिक सहयोगबाटै बालबालिकाको खानपान र पठनपाठन गराउँदै आएको समेत प्रष्ट पानुभयो ।
कार्यक्रम संयोजक मिलन पौडेलले बालगृहसँग आगामी दिनमा पनि सहकार्य गरी सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । बालगृहमा १९ जना बालबालिका रहेका छन् । उनीहरुको पालनपोषण र पठनपाठनमा भैरहवा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन् ।

≪ Previous Post

नेपालगन्जमा आइतबारदेखि तीन दिन निषेधाज्ञा

Next Post ≫

आज २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क