बुटवल, १५ साउन । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा आउंदो आइतबारदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि नेपालगन्जका सबै वडामा तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू (निषेधाज्ञा) लगाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले बताउनुभयो । नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण समुदायमा फैलिने डरले सीसीएमसीको वैठक बसेर निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।
सरकारी कर्मचारीहरुमा कोरोना देखिएपनि उनीहरुलाई कोबाट स¥यो भन्ने एकिन हुन सकेको छैन । कर्मचारीलाई सेवा दिँदा कोरोना लागेको हुनसक्ने सम्भावना रहेपनि कोबाट कसरी स¥यो भन्ने यकिन नहुँदा समुदायमा कोरोना फैलिएको आशंकालाई बल पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
