Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध तरुणहरुको प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध तरुणहरुको प्रदर्शन

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७७ · 0
तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध तरुणहरुको प्रदर्शन
80
SHARES
ShareTweet

बुटवल, १२ साउन । तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा बिरोध प्रदर्शन गरेको छ ।
ऐन कानुन बिपरित बिभिन्न पदमा सल्लाहकार तथा कर्मचारी नियुक्त गरी जनताले तिरेको करको दुरुपयोग गरेको, ९ करोड बढिको बेरुजु रहेको, राजनीतिक प्रभावका आधारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा मासेको, सार्वजनिक जग्गाको संरक्षण गर्न नसकेको भन्दै तरुण युवाहरुले नगरपालिका बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् ।
ऐन कानुन मिचेर नियुक्त गरिएका सल्लाहकार तथा अन्य पदहरु खारेज गर्नु पर्ने, ९ करोड बढिको बेरुजुको हिसाव किताव स्पष्ट पार्नु पर्ने र प्राचिन सम्पदा संरक्षण गर्नुको साटो नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेर भवन बनाइरहेकाले त्यस्ता कार्य तत्काल रोक्न तरुण दलले माग गरेको छ ।
बिरोध प्रदर्शन कार्यक्रममा नेपाल तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुन बिपरित बिभिन्न पद सृजना गरी कार्यकर्ता भर्ती गरेर जनताले तिरेको करको दुरुपयोग गरेको आरोप लगाउनु भयो । राजनीतिक प्रभावका आधारमा सार्वजनिक जग्गाहरु मनपरी बितरण गर्न खोजेको, वडा नं. ११ को बुद्धकालिन पोखरी संरक्षण गर्नुको साटो नगरपालिकाले नै अतिक्रण गरी भवन बनाइरहेको भन्दै दलका अध्यक्ष क्षेत्रीले त्यस्ता कार्य तत्काल बन्द गर्न माग गर्नुभयो । सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको भएपनि तिलोत्तमा नगरपालिकाले नमुना काम देखाउने लहडमा वडा नं ११ को प्राचिन पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाइ रहेको र नगरपालिकाको दुइ बर्ष अघिकै ९ करोड ४० लाख बेरुजुको हिसाव किताव सार्वजनिक गर्न माग गर्दै तरुण दलले विरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्शनमा सहभागि तरुण युवाहरुले नगरपालिकामा भएको बेथिति र अनियमितताको अन्त्य गर्न माग गर्दै ६ लेन सडकको बिचमा राखिएका बुद्ध मुर्ती फोड्ने अपराधी पत्ता लगाइ कारबाहीकालागि पहल गर्न समेत माग गरेका छन् । ९ करोड ४० लाख रकम बेरुजु खोई ? बुद्ध मुर्ती फोड्ने र सडकका रुख काटने अपराधी खोइ ? पुरातात्विक सांस्कृतिक सम्पदा मास्न पाइदैन, ऐन कानुन बिपरितका नियुक्ति खारेज गर, सार्वजनिक जग्गा संरक्षण गर’ लेखिएका प्लेकार्ड सहित नगरपालिका अगाडी प्रदर्शन गरेका तरुण युवाहरुले प्रदर्शन पछि आफुले बोकेका प्लेकार्डहरु नगरपालिकाको गेटमा टांसिदिएका छन् ।

≪ Previous Post

बुटवलको एक होटलमा बसेका ३ जना भारतीयमा कोरोना पोजेटिभ

Next Post ≫

सिद्धार्थ राजमार्गको ३ स्थानमा पहिरो विहानै देखि बुटवल, पाल्पा र पोखरा सडक अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क