बुटवल १२ साउन
भारतवाट नेपालका लागि खाना पकाउने ग्याँस लिएर आएको बुलेट नवलपरासीको दाउन्ने ओरालोमा दूर्घटना भएको छ ।
आर जे ०४ जीवी १७४५ नम्बरको बुलेट दाउन्नेको ओरालोमा भितातर्फ दूर्घटना हुदाँ बुलेटको ग्याँस लिक भएको र थप ठुलो दूर्घटनाको खतरावाट बचेको छ ।
यो समाचार तयार पार्दासम्म दूर्घटना भएको ग्याँस बुलेटवाट ग्याँस लिक भैरहेको छ भने र राजमार्गमा गुडने गाडीहरुलाई पश्चिमको दाउन्ने र पूर्वको दुम्कीवासमा रोकीएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक मुनिन्द्र थापाले बताउनु भयो ।
जानकी ग्याँस उद्योग गैडाकोटको लागि ग्याँस लिएर आएको उक्त बुलेट दूर्घटना भएसंगै अहिले पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सोमवार साझँ ७ वजेको समएमा बुलेट दूर्घटनामा परेको भए पनि मानविय क्षेत ीभने नभएका प्रहरीले जनाएको छ ।
ग्याँस बुलेटो सुरक्षाका लागि टेक्निसिएन ल्याउने काम भैरहेका प्रहरीले जनाएको छ ।
