Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सैनामैनाका सबै सामुदायिक बिद्यालयलाई ६६ लाख बढीका फिल्टर र सेनेटरी प्याड प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनाका सबै सामुदायिक बिद्यालयलाई ६६ लाख बढीका फिल्टर र सेनेटरी प्याड प्रदान

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७७ · 0
सैनामैनाका सबै सामुदायिक बिद्यालयलाई ६६ लाख बढीका फिल्टर र सेनेटरी प्याड प्रदान
120
SHARES
ShareTweet

बुटवल १२ साउन
रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रको सबै सामुदायिक बिद्यालयहरुलाई उच्च स्तरको तातो चिसो पानी आउने प्रबिधिको फिल्टर हस्तान्तरण गरेको छ ।
पानीका कारण संक्रमण नहोस भन्ने उद्देश्यले सबै सामुदायिक बिद्यालयमा फ्रिज जडान भएको उच्च प्रबिधिको फिल्टर उपलब्द गराईएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।
नेपाल सरकारको नीति अनुसार सबै बिद्यालयमा छात्रा तथा महिला कर्मचारीलाई आवश्यक पर्ने सेनेटरी प्याड र भेन्डीङ्ग मेशिन खरिद गरी उपलब्द गराईको समेत प्रमुख कार्कीले बताउनु भयो ।
महिला कर्माचारी तथा बिद्यालयका छात्राहरु महिनावारी भएको बेलामा कुनै समस्या नहोस र सामान्य अवस्थामा जस्तै कार्य गर्न सकुन भन्ने उद्देश्यले सेनेटरी प्याड उपलब्द गराईएको कार्कीले बताउनु भयो । सबै कार्यालयहरुमा आधारभुत स्वास्थ्य सुरक्षा प्रदान गरेर मात्र संचालन गर्नु पर्नेमा प्र्मुख कार्कीले जोड दिनु भएको थियो ।
नगरका भित्रका आधारभुत बिद्यालयलाई ५० लिटर क्षमताको र माध्यमिक बिद्यालयलाई २ सय लिटर क्षमताको उच्च स्तरको चिसो पानी आउने प्रबिधिको फिल्टर उपलब्द गराईएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
सबै सामुदायिक बिद्यालयहरुलाई बर्ष भरी पुग्ने गरी सेनेटरी प्याड उपलब्द गराईएको सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताउनु भयो । बिद्यालयमा संचलानको समयमा छात्राहरुलाई महिनावारीको समयमा पनि सहज रुपले अध्ययनमा सहभागी हुन भन्ने उद्देश्यले सेनेटरी प्याड उपलब्द गराईएको समेत शिक्षा शाखा प्रमुख अर्यालले बताउनु भयो ।
बिद्यालयमा स्वच्छ पानी उपलब्द होस भन्ने उद्देश्यले नगरपालिकाले फिल्टर उपलब्द गराएकोमा आफुहरु उत्साही भएको रामापुर मा .बि का प्रधानाध्यापक कृष्ण पौडेलले बताउनु भयो ।
सबै बिद्यालयलाई उपलब्द गराउने उद्देश्यले २५ लाखको लागतमा १८ वटा उच्च प्रबिधिको फिल्टर खरीद गरिएको नगरपालिकाले जनाएको छ ।
७१ हजार प्याकेट सेनेटरी प्याड ३८ लाख र १८ वटा भेडिङ्ग मेशीन ३ लाख ६० हजारमा खरिद गरी सामु्दायिक बिद्यालयलाई उपलब्द गराईएको हो ।

≪ Previous Post

विपदमा परेकालाई उद्धार गर्ने तरिका सिकाउदै नेपाली सेना

Next Post ≫

दाउन्ने ओरालोमा ग्याँस बुलेट दूर्घटना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क