Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लव मणिग्रामद्वारा रक्तदान, ५० युनिट रगत संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव मणिग्रामद्वारा रक्तदान, ५० युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · १० श्रावण २०७७ · 0
लायन्स क्लव मणिग्रामद्वारा रक्तदान, ५० युनिट रगत संकलन
80
SHARES
ShareTweet

बुटवल, १० साउन । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । कुनैपनि बेला जोकोहीलाई रगत चाहिन सक्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने वैकल्पिक उपाय भनेकै रक्तदान हो ।
‘रक्तदान जीवन दान’ मन्त्रलाई आत्मसाथ गर्दै र बढ्दो रगतको मागलाई केही हदसम्म पुर्ति गर्ने उद्देश्यले लायन्स क्लव अफ मणिग्राम रुपन्देहीले शनिवार रक्तदान कार्यक्रम गरेको छ । क्लवको बर्ष २०२०÷२१ को चौथो कार्यक्रम अन्तर्गत क्लवले रक्त सञ्चार केन्द्र बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा अन्य गरी ५० जनाले रक्तदान गरेका छन् ।
नेपालमा वर्षेनी करिब ३ लाख युनिट रगतको आवश्यकता पर्छ । तर जहिले पनि रगत अभावको समाचार आइरहेका हुन्छन् । यही अभावलाई पुर्ति गर्न र अन्य क्लव तथा सामाजिक संघसंस्थाहरुलाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले क्लवले मानविय सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको क्लवका सदस्य बाबुराम पाठकले बताउनु भयो ।
लायन्स क्लव अफ मणिग्रामका अध्यक्ष लायन सुरजकुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन सुनिल ओझाले अत्यधिक रक्तश्रावका बिरामी, प्रसुति, सडक दुर्घटना, बाढी, पहिरो, भूकम्प जस्ता घटनाहरूमा परी घाईते विमारीहरुलाई अनिवार्य रगतको आवश्यक्ता पर्ने कुरालाई मध्येनजर गरी लायन्स क्लव अफ मणिग्रामले रक्तदान कार्यक्रम गरेर सह्रायिन कार्य गरेको वताउनु भयो ।
कार्यक्रममा रुपन्देहीमा सबैभन्दा वढि रक्तदान गर्ने रक्तदाता पुर्णचन्द्र सुबेदीले नेपालमा रगतको मागअनुसार आपूर्ति हुन नसकेको अवस्था र रगत अभावकै कारण बिरामीको मृत्यु भएका समाचार आईरहेको अवस्थामा लायन्स क्लव अफ मणिग्रामले रचनात्मक र उदाहरणिय काम गरेको भन्दै आगामी दिनमा पनि प्रचारमुखि भन्दा सेवामुखि काम गर्न क्लवलाई आग्रह गर्नुभयो ।
क्लवका पदाधिकारीले आफ्नो जिम्मेवारी सम्हालेको छोटो समयमै विभिन्न रचनात्मक र सेवामुलक कार्यक्रम गर्दै आइरहेका छन् । सामाजिक क्षेत्रमा नमुना काम गरेर क्लवलाई नमुना क्लवको रुपमा स्थापित गर्ने गरी क्लवका गतिविधि अगाडी बढाउने क्लवका अध्यक्ष सुरजकुमार लम्सालले बताउनु भयो । सो अवसरमा एक्स्पर्ट एजुकेशन भिसा एण्ड सर्भिस सेण्टरले रक्तदाताहरुलाई टिशर्ट लगायतका सामाग्री प्रदान गरेको थियो ।

≪ Previous Post

पिपलधारा युथद्वारा आश्रममा खाद्यान्न वितरण

Next Post ≫

विपदमा परेकालाई उद्धार गर्ने तरिका सिकाउदै नेपाली सेना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क