Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सामाजिक क्षेत्रमा अझै सक्रिय भूमिका खेल्न रोटरीयनलाई सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामाजिक क्षेत्रमा अझै सक्रिय भूमिका खेल्न रोटरीयनलाई सुझाव

संसारपोस्ट संवाददाता · १० श्रावण २०७७ · 0
सामाजिक क्षेत्रमा अझै सक्रिय भूमिका खेल्न रोटरीयनलाई सुझाव
80
SHARES
ShareTweet

बुटवल, १० साउन
सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय संस्था रोटरीद्वारा रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँच अन्तर्गतका अध्यक्ष तथा पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँच अन्तरगतका रोटरी क्लब अफ बुटवल, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, रोटरी क्लव अफ सेन्ट्रल रुपन्देही र रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष तथा पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिममा प्रत्येक क्लबबाट अध्यक्ष, सचिव र कोषाध्यक्षहरु लगायत चेयरहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा यस क्षेत्रका सबै क्लबहरुलाई एकैपटक सहभागी गराउँदै आएकोमा यस वर्ष भने कोरोना सतर्कतालाई मध्यनजर गर्दै रिजन पाँच अन्तर्गतका २६ वटा क्लवलाई ६ वटा समूहमा विभाजन गरी तालिम (सेमिनार) प्रदान गरिएको रोटरी डिष्ट्रिक्ट ३२९२ जोन १९ का एसिष्टेण्ट गभर्नर तथा कार्यक्रम संयोजक खिमानन्द भुसालले बताउनु भयो ।
तालिममा रोटरी डिष्ट्रिक्ट ३२९२ रिजन पाँचका तालिम उपसमितिका चेयर लक्ष्मण ज्ञवालीले सहजिकरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै उहाँले तालिममा लिएको ज्ञान सीपलाई व्यबहारमा उतार्दै सामाजिक काममा लगाउन आग्रह गर्नु भयो । सेमिनारलाई प्रविधिमार्फत भर्चूअल रुपमा रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजिव पोखरेल र तालिम कमिटी चेयर राजेन्द्र शाक्यले समेत सम्बोधन गर्नु भएको थियो ।
त्यस अवसरमा डिष्ट्रिक गभर्नर पोखरेलले रोटरीले सामाजिक क्षेत्रमा खेलेको भूमिका सधै अग्रणी र प्रभावकारी रहेको भन्दै आफ्नो कर्तव्य सम्झेर सामाजिक क्षेत्रमा क्रियाशिल हुन र रोटरीको छविलाई सधै बचाइ राख्न आग्रह गर्नु भयो ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जोन–१९ का एसिष्टेण्ट गभर्नर खिमानन्द भुसाल, रोटरी लुम्बिनी स्टार्सका बालकृष्ण पाण्डे लगायतले धारणा राख्नु भएको थियो ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पतालवाट २८२ जनालाई एआरटी सेवा

Next Post ≫

पिपलधारा युथद्वारा आश्रममा खाद्यान्न वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क