बुटवल १० साउन
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गत वर्ष एकहजार दुईसय ८२ जनाले एआरटी सेवा लिएका छन ।
लुम्बिनी प्रादेशिक अस्पतालका एआरटी÷ओआरटी शाखाका इन्चार्ज रुपलाल पन्थीले अस्पतालमा एचआइभी÷एड्स संक्रमितको उपचार हुने गरेको र थुप्रै संक्रमितले यसबाट सेवा पाइरहेको भन्दै एचआइभी संक्रमण रोकथाम र न्युनीकरणका लागि सचेतना आवश्यक रहेको बताउनु भयो ।
रोटरी क्लव अफ बुटवलको १३ सय २२ औं बैठकमा उहाँले उक्त जानकारी गराउनु भएको हो । एचआइभी एड्स न्युनीकरणका लागि सामाजिक सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने खाँचों औंल्याउँदै पन्थीले रोटरी जस्ता सामाजिक संघसंस्थासँग सहकार्य गरी काम गर्न सके थप उपलव्धि हासिल हुने बताउनु भयो ।
बैठकमा सहभागी रोटरीयनहरुले स्वास्थ्य क्षेत्रका बारेमा लुम्बिनी प्रादेशिक अस्पतालका एआरटी÷ओआरटी इन्चार्ज पन्थीको अनुभव, चुनौती र समस्याबारे विभिन्न जिज्ञासा राखेका थिए ।
बैठकमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठ, रोटरीयनहरु नारायणप्रसाद पन्थ, रोम शर्मा, दया भण्डारी, मणिकरत्न पाण्डे, शिवकुमार ज्ञवाली, मन्जु थापा, सावि विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
