Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ क्वारेन्टाइन बन्द नगर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्वारेन्टाइन बन्द नगर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको माग

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0
क्वारेन्टाइन बन्द नगर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको माग
90
SHARES
ShareTweet

बुटवल, ६ साउन । तिलोत्तमा नगरपालिकाले क्वारेण्टाइन बन्द गर्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुलुक मुक्त नभइसकेको अवस्थामा क्वारेन्टाइनहरु बन्द गर्ने नगरपालिको निर्णय उचित नभएको काँग्रेसले जनाएको छ ।
भारत तथा तेश्रो मुलुकमा अहिले पनि थुप्रै नेपालीहरु रहेको र लकडाउन खुकुलो तथा खुलेसंगै उनीहरु स्वदेश फकर्न सक्ने भएकाले मापदण्ड अनुरुपको क्वरेन्टाइन व्यवस्थापन गर्नुपर्ने माग काँग्रेस तिलोत्तमा नगर समितिले गरेको छ ।
नगर सभापति हरिलाल पाण्डेले विज्ञप्ति जारी गरी यसअघि विपत व्यवस्थापन केन्द्र (सिएमसि) तिलोत्तमाको बैठकमा नेपाली काँग्रेसले विदेशबाट फर्किनेको संख्या कायमै रहेकाले तत्काल क्वारेन्टाइन बन्द गर्नु उचित नहुने स्पष्ट धारणा राखेको स्मरण गराउनु भएको छ । विज्ञप्तिमा नगरपालिकाले एकलौटी ढंगले गरेको अव्यवहारिक निर्णय काँग्रेसलाई मान्य नहुने उल्लेख गरिएको छ ।
बहालमा बस्ने वा होम क्वारेन्टाइनमा बस्न सम्भव नभएका तथा आर्थिक स्थिति कमजोर भएका नागरिकहरुका लागि क्वारेन्टाइन बन्द गर्ने नगरपालिकाको निर्णय न्यायोचित र व्यवहारिक नरहेको बिज्ञप्तिमा उल्लेख छ । भारत तथा तेश्रो मुलुकबाट फर्केकालाई सिधै घरमा पठाउँदा समाजमा त्रास पैदा हुने र यसले सामाजिक द्वन्द निम्तिन सक्ने संभावना प्रति सचेत र संवेदनसिल बन्न काँग्रेस तिलोत्तमा नगर समितिले नगरपालिकालाई आग्रह समेत गरेको छ ।

≪ Previous Post

आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने

Next Post ≫

लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क