Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0
आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने
220
SHARES
ShareTweet

काठमाडौं, ६ साउन । सरकारले गत चैत ११ गतेबाट जारी लकडाउन खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को वैठकले लकडाउन साउन आज (मंगलबार) मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय गरिएको मन्त्रि खतिवडाले बताउनु भयो ।
सरकारले मंगलबार मध्यरातवाबाट कडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, व्युटी पार्लर, स्विमिङ पुल लगायतका क्षेत्र भने अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने छन् ।
मन्त्रिपरिषद बैठकले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने र भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षाफल प्रकाशनका काम गर्न सकिने निर्णय गरेको मन्त्रि खतिवडाले बताउनु भयो । यस्तै लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय भएको उहांले बताउनु भयो । यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको पनि मन्त्रि खतिवडाले वताउनु भयो ।
सरकारले कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट लकडाउन गरेको थियो । यसपछि पटक पटक म्याद थप्दै जेठ २६ गते सम्म पूर्ण रुपमा लकडाउन कायम राखेको सरकारले त्यसपछि लकडाउन विस्तारै खुकुलो बनाउदै निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको थियो ।

≪ Previous Post

मौद्रिक नीतिले राहत महसुष भयो कार्यान्वयनमा जोड: उबासंघ बुटवल

Next Post ≫

क्वारेन्टाइन बन्द नगर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क