Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज साउने संक्रान्ति, लुतो फाल्ने दिन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

संसारपोस्ट संवाददाता · १ श्रावण २०७७ · 0
आज साउने संक्रान्ति, लुतो फाल्ने दिन
60
SHARES
ShareTweet

बुटवल, १ साउन । आज साउन महिनाको पहिलो दिन । आजको दिनलाई साउने संक्रान्ति भन्ने गरिन्छ । साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । आजैको दिन देखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्दछ । त्यसकारण साउन १ गतेबाट दिन छोटो र रात लामो हुँदै जान्छ ।
धार्मिक ग्रन्थअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकूट विष भगवान शिवले ग्रहण गरी मानवहितका लागि काम गरेकोले महिलाहरुले सौभाग्य पाएको विश्वास अनुसार साउनमहिनामा सोमबारका दिन शिवजीको पूजा गर्ने प्रचलन छ ।
विवाहित महिलाले आजदेखि साउन महिनाभर सौभाग्यको प्रतिक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा आराधना गर्ने चलन छ । महिलाहरुले हरियो, पहेंलो, रातो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रुपमा मनाउने गर्दछन् । साउने संक्रन्तिदेखि हिन्दु धर्मका चाडपर्व पनि सुरु हुने गर्दछ ।
यसका साथै असारमा हिलो मैलोमा खेतिपाती गरेपछि शरीर फोहर हुने र शरीरमा लुतो, घाऊ खटिरा आउन सक्छ भनेर सरसफाइ गर्ने र यस्तो ब्याधी नासक खानेकुरा खाने दिनका रुपमा पनि साउने संक्रान्ति मनाइन्छ ।
यसै गरी आज लुतो फाल्ने गरिन्छ । विशेष गरी ग्रामिण क्षेत्रमा साँझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर–घरका आंगनबाट चारै दिशामा फाल्ने गरिन्छ । यसलाई लुतो फालेको भन्ने चलन छ ।
लुतो फाल्ने आआफ्नै चलन र परम्परा रहि आएको छ । कतिपय ठाउंमा लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।
साउन महिनाभर देशभरका शिव मन्दिरमा भक्तजनको विशेष घुईंचो लाग्ने गर्छ । तर यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण साउन महिनाको पहिलो दिन आज मन्दिरहरुमा भिडभाड कम देखिन्थ्यो ।

≪ Previous Post

घुस सहित उद्योग अधिकृत पक्राउ

Next Post ≫

प्रदेश ५ मा गाडी र लाईसेन्स नवीकरणको असोजसम्म जरिवाना नलाग्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क