बुटवल, ३१ असार । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई रु ९६ हजार तीन सय घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
ठेक्काको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिदै गर्दा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौँ तहका अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अकिारी शुरेश भुसालले जानकारी दिनुभयो ।
सूचना अधिकृत भुसालका अनुसार विशेष सूचनाका आधारमा खटिएको आयोगको टोलीले ओलीलाई मंगलवार अपरान्ह साढे १२ बजेतिर कार्यालयवाटै पक्राउ गरेको हो ।
