Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा यात्रुको नाम, ठेगाना र मोवाईल नम्बर टिपेर सार्वजनिक बससेवा शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा यात्रुको नाम, ठेगाना र मोवाईल नम्बर टिपेर सार्वजनिक बससेवा शुरु

संसारपोस्ट संवाददाता · २८ असार २०७७ · 0
रुपन्देहीमा यात्रुको नाम, ठेगाना र मोवाईल नम्बर टिपेर सार्वजनिक बससेवा शुरु
110
SHARES
ShareTweet

बुटवल, २८ असार । कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर बसमा यात्रा गर्नेको नाम ठेगाना र मोबाइल नम्बर रजिस्टरमा टिपोट गरि आइतबारदेखि रुपन्देहीमा सार्वजिनक बस सञ्चालन भएकोे छ ।
बस चलाउनुअघि बस पूर्णरुपमा डिसइन्फेक्सन गरिने, ४६ सिटे बसमा बढीमा २३ जना यात्रु मात्र राखेर सामाजिक दूरी कायम गरि बस संचालन शुरु गरिएको लुम्बिनी मेट्रोसिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी गराउनु भयो । साढे तीन महिनासम्म ठप्प सार्वजनिक बस रुपन्देहीमा पहिलोपटक सुरु गरिएको हो ।
आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकुलित बसहरु चल्न थालेका छन् । सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पूरा गरेर प्रा.लि.ले दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको हो ।
‘बसका सहचालकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) र थर्मल गनको व्यवस्था गरी यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरी यातायात सेवा सुचारु गरिएको हो’ प्रा.लि.का अध्यक्ष अधिकारीले बताउनु भयो ।
यातायात ब्यवसायी महासंघले सरकारसँग राखेका माग र शर्त नाजायज नभएपनि विश्वव्यापी कोरोना महामारीका कारण सरकार नै अप्ठेरोमा परेका बेला सरकारलाई सघाउ पु¥याउनु व्यवसायीको पनि दायित्व सम्झेर सेवा सुचारु गर्न थालिएको अध्यक्ष अधिकारीले बताउनु भयो । वातानुकूलित बस भएकाले प्रा. लि. ले बुटवल–भैरहवाको ९० रुपैयाँ र भैरहवा–बर्दघाटसम्मको भाडा दर २ सय १० रुपैयाँ कायम गरेको छ ।

≪ Previous Post

रुपन्देहीमा भएका सवारी दूर्घटनामा २ जनाको मृत्यु

Next Post ≫

प्रभावकारी रुपमा योजना कार्यान्वयनमा ल्याउन शुद्धोधनमा सामाजिक परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क