Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीमा भएका सवारी दूर्घटनामा २ जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा भएका सवारी दूर्घटनामा २ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २८ असार २०७७ · 0
रुपन्देहीमा भएका सवारी दूर्घटनामा २ जनाको मृत्यु
70
SHARES
ShareTweet

बुटवल, २८ असार । रुपन्देहीमा भएका अलग अलग सवारी दूर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको कञ्चन गाउँपालिका वडा नं.५ पिपरिचापा स्थित लुम्बिनी फायरलाईन सडकखण्डमा बा १५ च ९३८९ नम्बरको बलेरो जिप आफै अनियन्त्रित भई सालको रुखमा ठोक्किन जाँदा चालक सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिपमा सवार जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वार्ड नं.१० बस्ने नबिनकुमार थापा, तिलोत्तमा नगरपालिका वार्ड नं.७ बस्ने बर्ष ३७ को यमबहादुर राना, वार्ड नं.२ बस्ने बर्ष ३१ को सन्दिप श्रेष्ठ, बर्ष २५ को सुवाष क्षेत्री र जिप चालक जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वार्ड नं.११ शिवपुर बस्ने बर्ष ३८ को सुरज खड्का घाईते भएका थिए ।
घाईते सबैलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा जिप चालक खड्काको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाईतेहरु उपचार पश्चात घर फर्केका छन् ।
त्यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं. १२ भिमकालीपथ स्थित भित्री सडक खण्डमा प्रदेश २–०३–००७ प ८७९४ नं. को (अनटेस्ट) स्कुटी आफै अनियन्त्रित भई पल्टिन जाँदा स्कुटी चालक सिद्धार्थनगर नगरपालिका २ बस्ने बर्ष ४६ को दिपककुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते यादवको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीले जानकारी गराउनु भयो ।

≪ Previous Post

लायन्स क्लब मणिग्रामद्वारा तिलोत्तमा पार्कमा बृक्षारोपण

Next Post ≫

रुपन्देहीमा यात्रुको नाम, ठेगाना र मोवाईल नम्बर टिपेर सार्वजनिक बससेवा शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क