बुटवल, २८ असार । सामाजिक गतिविधिमा क्रियाशिल लायन्स क्लब अफ मणिग्राम रुपन्देहीले हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि आज बृक्षारोपण गरेको छ ।
क्लवले एक कार्यक्रमको आयोजना गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिल स्थित तिलोत्तमा पार्कमा बृक्षारोपण गरेको हो । उक्त पार्कमा क्लबका अध्यक्ष एम जे एफ लायन सुरज कुमार लम्साल र पि डि जी लायन महेन्द्रनारायण श्रेष्ठले संयुक्तरुपमा विरुवा रोपेर बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो पार्कमा कटुस लगायत विभिन्न प्रजातिका ५० ओटा विरुवा रोपण गरिएको कार्यक्रम संयोजक बाबुराम पाठकले जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि महेन्द्रनारायण श्रेष्ठ, एरिया चिफ सन्दिप कसौधन, रिजन चेयर पर्सन जीवन गौतम, जोन चेयर पर्सन डा.प्रकाश पान्डे, पार्कका अध्यक्ष दिपक पाठक लगायतले बोल्दै लायन्स क्लब अफ मणिग्रामले सामाजिक र मानविय क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै तिलोत्तमा पार्कमा रोपिएका विरुवा हुकार्उने र संरक्षण गर्ने काममा समेत ध्यान दिन आग्रह गर्नुभयो । क्लबका अध्यक्ष सूरज कुमार लम्सालले क्लवले समाजमा रामाजिक उत्तरदायित्व वहन गर्दै नियमित रुपमा सामाजिक काममा क्रियाशिल रहने प्रतिवद्धता जनाउनु भयो ।



Subscribe to our newsletter!