Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रभावकारी रुपमा योजना कार्यान्वयनमा ल्याउन शुद्धोधनमा सामाजिक परीक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रभावकारी रुपमा योजना कार्यान्वयनमा ल्याउन शुद्धोधनमा सामाजिक परीक्षण

संसारपोस्ट संवाददाता · २८ असार २०७७ · 0
प्रभावकारी रुपमा योजना कार्यान्वयनमा ल्याउन शुद्धोधनमा सामाजिक परीक्षण
80
SHARES
ShareTweet

बुटवल, २८ असार । जनचासो, गुनासा सम्बोधन गर्दै प्रभावकारी योजना निर्माणका लागि शुद्दोधन गाउँपालिका रुपन्देहीले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । दु्रत चालु आर्थिक बर्ष २०७६÷७७ को अन्त्य नहुँदै र आगामी आर्थिक बर्ष २०७७÷७८ को सुरुवात नहुँदै विकासको लागि गाउँपालिकाले सामाजिक परीक्षणको कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले जानकारी गराउनु भयो । अध्यक्ष चौधरीले जिल्लाका अन्य स्थानीय तहहरुले चालु आर्थिक बर्ष अन्त्य भएपछि समिक्षात्मक कार्यक्रम गर्ने भएतापनि आफ्नो गाउँपालिकाले आर्थिक बर्षको अन्त्य नहुँदै फरक शैलिमा सामाजिक परीक्षण सम्बन्धी कार्यक्रम गरेको बताउनु भयो । आर्थिक बर्षको अन्त्य नहुँदै गरिएको सामाजिक परीक्षणको कार्यक्रमले चालु आर्थिक बर्षमा भएका त्रुटीहरुलाई आगामी आर्थिक बर्षमा सुधार गरी प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न सहज हुने अध्यक्ष चौधरीले बताउनु भयो ।
जनताका आवश्यकता र समस्याहरुलाई सुक्ष्म रुपमा अध्ययन गरेर प्रभावकारी रुपमा योजना कार्यान्वयनमा ल्याउन सामाजिक परीक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका उपाध्यक्ष शान्ता देवी ज्ञवालीले वताउनु भयो । जनताका आवश्यक्ता, आकांक्षा र चाहनालाई समेट्नु स्थानीय सरकारको कर्तव्य भएको भन्दै उपाध्यक्ष ज्ञवालीले जबसम्म स्थानीय सरकारले जनताका मागहरु सम्बोधन गर्न सक्दैन तबसम्म जनताले स्थानीय सरकार भएको अनुभूति गर्न नसक्ने अ‍ैंल्याउनु भयो ।
शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले स्थानीय सरकारको जनउत्तरदायित्वको अवस्था, के कस्ता योजनाहरु छनौट भए, छनौट भएका योजना कार्यान्वयन भए नभएको, सम्पन्न तथा निर्माणाधिन योजनाहरुमा जनताको प्रतिक्रिया के छ, आगामी दिनमा आवश्यक योजनाहरु के–कस्ता ल्याउने भन्ने विषयमा छलफल गर्नु सामाजिक परीक्षणको मुख्य उद्देश्य रहेको वताउनु भयो ।
स्थानीय सरकारले गरेका काममा सामाजिक प्रभाव, लक्षित बर्गको पारिवारिक अवस्था, गरिबी न्यूनिकरणमा स्थानीय सरकारको भूमिका, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रको विकासका लागि भए गरेका प्रयास, पूर्वाधारको विकास अन्तर्गत सम्पन्न योजनाहरुको गुणस्तर के कस्तो छ भन्ने विषयको लेखाजोखा गर्ने, भएका कमी कम्जोरीलाई सुधार गर्ने र राम्रो पक्षलाई अंगालेर अगाडी बढ्ने मुख्य उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनु भयो । सबैले आफ्नो मुल्याङ्कन र अनुगमन आफैले गर्न सकेमा त्रुटीहरु कहिल्यै नभेटिने बताउँदै प्रमुख प्रशासकीय अधिकृत मरासिनीले यसका लागि पिस नेपाल कपिलबस्तुका शुभाकान्त भुसाल र मणिप्रसाद सहितको संस्थागत टिमसँग समन्वय र सहकार्य गरिएको उल्लेख गर्नुभयो ।
सामाजिक परीक्षण कार्यक्रममा पिस नेपाल कपिलवस्तुले शुद्धोधन गाउँपालिकाका प्रत्येक टोल, बस्ती, सार्वजनिक स्थल, लगायत सबै क्षेत्रहरुमा पुगेर कार्यक्रम संचालन गर्दा देखिएका समस्या, हालसम्म भएका विकास निर्माण, कमी कम्जोरी, सुधार गर्नुपर्ने पक्ष, जनताको चाहना, सुधार गर्नु पर्ने त्रुटीहरु लगायतका विषय सहित स्थानीय जनता, बुद्धिजिवी, राजनीतिक दलका नेता, उद्योगी व्यावसायीहरुको प्रतिक्रिया सहित तयार पारेको प्रतिवेदन प्रोजेक्टरको माध्यमवाट प्रस्तुत गरिएको थियो ।
गाउँपालिका अध्यक्ष किशुनचन्द चौधरीको अध्यक्षतामा भएको सामाजिक परीक्षणको कार्यक्रमको संचालन वडा नं. ३ का वडासचिव अग्निप्रसाद पौडेलले गर्नुभएको थियो ।

≪ Previous Post

रुपन्देहीमा यात्रुको नाम, ठेगाना र मोवाईल नम्बर टिपेर सार्वजनिक बससेवा शुरु

Next Post ≫

आज मिति २०७७ आषाढ २९ गते सोमवार तदनुसार 13 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क