Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ विद्यालय संचालन गर्ने सवालमा अझै १ महिना कुर्न सरकारी निकायद्धारा निजी क्षेत्रलाई आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विद्यालय संचालन गर्ने सवालमा अझै १ महिना कुर्न सरकारी निकायद्धारा निजी क्षेत्रलाई आग्रह

संसारपोस्ट संवाददाता · २६ असार २०७७ · 0
विद्यालय संचालन गर्ने सवालमा अझै १ महिना कुर्न सरकारी निकायद्धारा निजी क्षेत्रलाई आग्रह
130
SHARES
ShareTweet


बुटवल २६ असार,
निजी विद्यालय संचालकहरुले स्वास्थ्य सुरक्षा उपाय अपनाएर विद्यालय खोल्ने वातावरण बनाउन सरकार जिम्मेवार हुनपर्ने माग गरिरहदाँ सरकारी निकायका कर्मचारीले अझै १ महिना विद्यालय शुचारु गर्न नमिल्ने बताएका छन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले शुक्रबार स्थानीय तहका सरोकारवालासंग गरेको अन्तरक्रियामा वोल्ने शिक्षा क्षेत्रमा कार्यरत सरकारी कर्मचारीहरुले विद्यालयहरु कोरोनाको अत्यन्तै जोखिम क्षेत्र भएकाले अझै केही समय धैर्य गर्न र विद्यालयमा रहेको क्वारेन्टाई नहटदाँसम्म संचालन गर्न नमिल्ने धारणा राखेका छन ।
सोही अवसरमा रुपन्देहीका निजी विद्यालय सञ्चालकहरुले आउदो साउनदेखि विद्यार्थी भर्ना गर्न पाउनुपर्ने र त्यसका लागि सवै मापदण्ड पुरा गर्न विद्यालय तयार रहेका बताएका छन् ।
कोभिड–१९ को जोखिमको कारण गत चैतदेखि विद्यालयहरु बन्द हुंदा शुल्क उठाउन नपाउंदा शिक्षक कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएको भन्दै विद्यार्थी भर्ना गर्न र शुल्क उठाउन दिनुपर्ने निजी विद्यालय सञ्चालकहरुकोे माग रहेको छ ।
शैक्षिक सत्रको १२ महिनामध्ये १० महिनाको शुल्क लिन पाउनुपर्ने र शिक्षक कर्मचारीलाई ११ महिनाको तलब दिन आफूहरु तयार रहेको प्याब्सनले तयार गरेको अवधारणापत्रमा उल्लेख गरिएको छ । यसका लागि सरकारले औपचारिक रुपमा मार्ग प्रशस्त गरिदिनुपर्ने प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बताउनु भयो ।
गत चैतदेखि विद्यालय बन्द भएकाले बैशाखमा शुरु हुने नयां शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना गर्न नपाउंदा शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएको र शिक्षकहरु आन्दोलित हुन थालेकाले भर्ना शुरु गर्न पाउनुपर्ने अध्यक्ष पौडेलले प्रस्तुत गर्नु भएको अवारणापत्रमा उल्लेख गरिएको छ ।
शुल्क उठाउन नपाउंदा रुपन्देहीमा मात्रै ३ सय ६३ बढी निजी विद्यालयका साढे ६ हजार बढी शिक्षक कर्मचारी तलब खान नपाएर आर्थिक समस्यामा परेको अध्यक्ष पौडेलले बताउनु भयोे ।
रूपन्देही जिल्लाका निजी विद्यालयहरुमा मात्रै करिब ५५ अर्ब ५७ करोड रुपैयां लगानी रहेको छ ।
कार्यक्रमा एन प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालले लकडाउनका कारण विद्यालय क्षेत्रमा सिर्जित समस्या समाधानमा सरकार उदासीन रहेको गुनासो गर्नु भयो ।
अनलाइन कक्षा सञ्चालन गर्न सबै विद्यार्थी इन्टरनेटको पहुंचमा नभएका र विद्युत आपुर्ति पनि अनियमित हुने हुंदा अनलाइन कक्षा प्रभावकारी नभएकाले आउदो साउनदेखि विद्यालय सञ्चालन गरेर सुरक्षित ढंगले दिनमा तीन सिफ्टमा भएपनि पढाई सुचारु गर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा हिसान नेपालका निर्देशक प्राध्यापक डा. रामचन्द्र आचार्यले सरकारले अभिभावकीय भूमिका निर्वाह गरेर यथाशीघ्र विकल्प दिनुपर्ने बताउनु भयो । उहाँले विद्यालयहरुले पनि जगेडा कोष स्थापना गर्नुपर्ने पाठ कोरोेना महामारीले सिकाएको औल्याउनु भयो ।
कार्यक्रममा सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, सिद्धार्थनगरका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल,बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत टिकाराम पन्थीले कोरोना संक्रमणको दर घट्दै गएकाले संभवतः अबको एक महिनापछि विद्यालय सञ्चालन गर्न सकिने धारणा राख्न्ु भयो ।
स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता भएकाले अब एक महिना धैर्य गर्नुपर्ने उनीहरुको सुझाव थियो । प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्याय, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल,अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा र सचिव लक्ष्मण ज्ञवालीले सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार गरेको गुनासो गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकारहरु माधव नेपाल, खिमानन्द भट्रराई, कृष्ण मल्ल , अमृता अनमोल लगायतले विद्यालय संचालन गर्नु भन्दा पहिला विद्यालयमा संचालन गरिएका क्वारेन्टाईको अन्यन्त व्यवस्थापना गरेपछि मात्र विद्यालय संचालन गर्ने वातावरणा राज्यले मिलाउनु पर्नेमा जोड दिनु भयो ।

≪ Previous Post

डिमाण्ड चार्ज र महसुल छुटका लागि रुपन्देही उद्योगद्धारा बिद्युत प्राधिकरणमा ज्ञापनपत्र

Next Post ≫

कोरोनाको नाममा श्रमजिवि पत्रकारको पेशा असुरक्षीत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क