Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ डिमाण्ड चार्ज र महसुल छुटका लागि रुपन्देही उद्योगद्धारा बिद्युत प्राधिकरणमा ज्ञापनपत्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डिमाण्ड चार्ज र महसुल छुटका लागि रुपन्देही उद्योगद्धारा बिद्युत प्राधिकरणमा ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · २६ असार २०७७ · 0
डिमाण्ड चार्ज र महसुल छुटका लागि रुपन्देही उद्योगद्धारा बिद्युत प्राधिकरणमा ज्ञापनपत्र
110
SHARES
ShareTweet


बुटवल २६ असार
लामो समयको लक डाउनले तहसनहस भएको उद्योग क्षेत्र नेपाल बिद्युत प्राधिकरणबाट पाउनुपर्ने छुट सुविधा नपाउँदा थप चिन्तित बनेको छ ।
सरकारले लक डाउन अवधिको डिमाण्ड चार्ज शत प्रतिशत र महसुलमा केही छुट सुविधा दिने घोषणा गरेता पनि बिद्युत प्राधिकरणले सुविधा उपलब्ध नगराउँदा उद्योगीहरु अन्यायमा परेको भन्दै रुपन्देही उद्योग संघले तत्काल छुट सुविधा उपलब्ध गराउन नेपाल बिद्युत प्राधिकरण प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोलीले कार्यालयका प्रबन्धक नवराज सुवेदीलाई भेट गरी संघको ज्ञापन पत्र बुझाएको हो ।
संघले आर्थिक मसान्तको समाप्तीको संघारमा आईपुगेका उद्योगीहरु बैंक कर्जा, ब्याज, पारिश्रमिक, बिद्युत महसुल लगायतका थुप्रै खर्चहरु तत्काल तिर्न नसक्ने भएकाले सरकारका विभिन्न निकाय र बैंक तथा वित्तिय संस्थाहरुले उद्योगीलाई तत्कालका लागि सहुलियत प्रदान गर्नुपर्ने बताएको छ ।
प्राधिकरणले डिमाण्ड र महशुलको छुट तत्काल उपलब्ध गराउनुपर्ने र लक डाउन अवधीमा बन्द अवस्थामा रहेका उद्योगहरुको समेत चालु अवस्था सरह गरिएको बिलिङ्ग यथाशिघ्र सुधार गरिनुपर्नेमा संघका अध्यक्ष बोहोराले जोड दिनुभयो ।
ज्ञापन पत्र बुभ्mनुहुँदै प्रबन्धक सुवेदीले प्राधिकरणको बोर्ड बैठकले पारित नगरेकोले सरकारले घोषणा गरेको सुविधा तत्काल लागु नगरिएको बताउँदै निर्णय पश्चात् छुट सुविधालाई समायोजन गरिने बताउनु भएको थियो ।
संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले विद्युत प्रवाहमा अझै पनि सन्तोषजनक अवस्था नरहेको र पटकपटक ट्रिपिङ्गको समस्या यथावत रहेकोले प्राधिकरण थप गम्भिर बनिदिन आग्रह गर्नुहुँदै प्राधिकरणले प्रदान गर्ने छुट सुविधा तत्कालै लागु गर्नुपर्नेमा जोड दिनु भएको थियो । डेलिगेशन टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, महासचिव जिवकान्त काप्mले, महिला सचिव माया खनाल र प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

≪ Previous Post

देवदहका नगरप्रमुख खत्रीलाई घर खाली गर्न विप्लव माओवादीको अल्टिमेटम

Next Post ≫

विद्यालय संचालन गर्ने सवालमा अझै १ महिना कुर्न सरकारी निकायद्धारा निजी क्षेत्रलाई आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क